नवलपरासीमा २ लाख बढीकाे अबैध सामान सशस्त्र प्रहरीकाे नियन्त्रणमा

पप्पु रेग्मी, बर्दघाट, १६ माघ २०७८ ।
पश्चिम नवलपरासीमा २ लाख २० हजार मुल्य बराबरको अबैध सामान सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको बताएको छ ।
शनिवार प्रतापपुर गाउँपालिका वडा नं. ५ गण्डक नहर पश्चिम स्थित दशगजा नजिकै नेपालबाट भारततर्फ जादै गरेको युपी ५६ अल २८०६ र बिआर ०६ सीई ७४१९ नम्बरको भारतिय मोटरसाईकलमा सवार ब्यक्तीहरु मोटरसाईकल छाडी भागेकोले प्रहरीले जनाएकाे छ।
उक्त मोटरसाईकलहरुलाई चेकजाँच गर्दा मोटरसाईकलको डिक्कीबाट करिब १ लाख २० हजार बराबरको आईटिएल १५० थान मोबाईल र १ लाख बराबरको २ वटा मोटरसाईकल सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट गुठी परसौनीका सशस्त्र प्रहरी निरिक्षक संतोष खरेलको नेतृत्वमा खटिएको गस्तीटोलीले नियन्त्रणमा लिएको हो।
सशस्त्र प्रहरीको टोलीलाई देखे पछि उक्त मोबाईल र मोटरसाईल मानिसहरुले छोडी भागेका सशस्त्र प्रहरीबल नेपाल न.२६ गण नवलपरासीका सुचना अधिकारी माधब रेग्मीले बताए ।
नियन्त्रणमा लिएको सामानहरु आवश्यक कारवाहीको लागी महेशपुर भन्सार कार्यालय पठाईएको सशस्त्र प्रहरीले जनाएको छ ।