सिडियाेबाटै सरकारी गाडीकाे दुरूपयाेग, विदाकाेे दिन अाफन्त बाेके
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)काे विद्यार्थी संगठन अखिल तथा (अखिल)क्रान्तिकारीका विद्यार्थीहरूले कास्की जिल्लाका सहायक सीडीओ चढेको गाडी नियन्त्रणमा लिएका छन् ।
शनिबार कास्की जिल्लाका सहायक सीडीओ चित्रांगन बराल चढेको गाडी कास्की जिल्लाको मादी गाउँपालिका ५ सुनपधेँरीबाट क्रान्तिकारीले झण्डै १ घण्टा नियन्त्रणमा लिएको हो। गाडीमा उनकी सासुआमा र श्रीमति सवार थिए।
सार्वजनिक बिदाको दिन पारिवारिक कामका लागि सरकारी गाडीको प्रयोग गरेका कारण नियन्त्रणका लिएको क्रान्तिकारीका केन्द्रीय सचिव तथा गण्डकी प्रदेश संयोजक क्षितिज सापकोटाले दाउन्ने न्यूजलाई बताएका छन् ।
‘सार्वजनिक बिदाको दिन बिनापास सरकारी गाडी चलेको देखेपछि नियन्त्रणमा लिएका हौँ’, सचिव सापकोटाले भने, ‘उहाँसँग पास रहेनछ, हामीले पास मागेपछि बल्ल पास झिकेर भर्न खोज्नु भयो। हामीले पास भर्न नदिइ नियन्त्रणमा लिएका हौँ।’
उनले पक्राउ परेको गाडी सीडीओको अनुरोधमा सहायक सीडीओले अब आइन्दा दुरुपयोग नगर्ने प्रतिवद्धता जनाएपछि प्रहरीलाई बुझाएको जानकारी दिए।
उनले क्रान्तिकारीले सार्वजनिक बिदाका दिन सरकारी सवारी साधनलाई अन्य प्रयोजनका लागि चलाउने नदिने अभियान अन्तर्गत नै गाडी नियन्त्रणमा लिएको बताए। सापकाेटाका भने, ‘हाम्रो उद्देश्य भनेको सरकारी सम्पत्तिको दुरुपयोग नहोस् भन्ने हो, हाम्रै पार्टीका मन्त्रीले पनि यसको दुरुपयोग गरे भने नियन्त्रण गर्छौँ।’
