कावासोतीमा शिवालयम मन्दिर शिलान्यास


 



कावासोती । पूर्वी नवलपरासीको कावासोती ९ पुरानो कावासोतीमा शिवालय मन्दिर निर्माणका लागि शिलान्यास गरिएको छ ।

मन्दिरको कावासोती नगरपालिकाका उपप्रमुख प्रेमशंकर मर्दनियाले शिलान्यास गरेका हुन् ।




शिलान्यास कार्यक्रममा बोल्दै उनले मन्दिर निर्माणका लागि सहयोग गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा कावासोती ९ का वडा सदस्य रेशमी परियार, लुइटेल बन्धु प्रतिष्ठान नवलपुरका अध्यक्ष टंकप्रसाद लुइटेल, डिल्लीराम ज्ञवाली, सरिता लामिछाने, प. विष्णुप्रसाद पाेख्रेल लगायतले बोलेका थिए ।

कार्यक्रम मन्दिर निर्माण उपभोक्ता समितिका अध्यक्ष भुपनारायण न्यौपानेको अध्यक्षतामा भएको थियो ।
कार्यक्रमको सञ्चालन मनोज केसीले गरेका थिए ।

 

केरुङ्गे खोला किनारमा रहेको खाली चरिचरणको चौरको ५ कठ्ठा क्षेत्रफलमा बन्ने मन्दिर कावासोती नगरपालिकाको २ लाख ५० हजार रुपैयाँ र स्थानीय बासिन्दाको सहयोगमा निर्माण गरिने भएको हो ।

मन्दिर निर्माणका लागि कार्यक्रममा स्थानीय टिकाराम धामी थारुले पाँच हजार १० रुपैयाँ नगद सहयोग गरेका थिए ।

 

 

 

 

 



सम्बन्धित
Loading...