नवलपुर जेसीजले टाँग्यो कावासोतीका १४ ठाउँमा कोभिड सचेतना ब्यानर




नवलपुर जेसीजले सार्वजनिक स्थानमा कोभिड सचेतना सम्बन्धि ब्यानर टाँगेको छ ।

संक्रमणको जोखिम अझै पनि टरिनसकेको अवस्थालाई मध्यनजर गर्दै सदरमुकाम समेत रहेको कावासोतीका १४ स्थानमा नवलपुर जेसीज बर्ष २०२२ ले सचेतना ब्यानर टाँगेको हो ।




जेसीजले कावासोतीस्थित जिल्ला प्रशासन कार्यालय, मालपोत, नापी, यातायात, नगरपालिका, खानेपानी, विद्युत, घरेलु लगायत कावासोततीमा रहेका ३ वटा पेट्रोल पम्पमा स्वास्थ्य सचेतनामूलक सन्देश लेखिएको ब्यानर लगाएको जनाएको छ ।

विभिन्न ब्यवसायिक संघ संस्थाको सहयोग प्राप्तबाट बनाईएका ति ब्यानर नवलपुर जेसीजका बोर्ड मेम्वर सहित जेसीजमा आवद्ध युवाहरुको उपस्थितिमा सार्वजनिक स्थानमा देखिने गरी टाँगिएको जनाईएको छ ।

सेवाग्राही नागरिकको बढी भिडभाड हुने स्थानमा सचेतना सम्वन्धि सूचकहरु समावेश गरिएको ब्यानर टाँगेको जेसीज नवलपुरले जनाएको छ ।

यसअघि जेसीजले कावासोतीमा यात्रुबाहक सवारीका साधनका सहचालकलाई स्वास्थ्य सामग्री सेनिटाइजर मास्क वितरण तथा यात्रु पैदलयात्रु समेतलाई कोभिडबाट बच्न बचाउन सावधानी अपनाउन सचेत रहन आग्रह गरेको थियो ।

 

यो पनि

नवलपुरमा सवारी दुर्घटना: घट्यो मृत्यु दर

नवलपुर ट्राफिकद्वारा ८७ लाख राजस्व संकलन

कोभिड मृतकका परिवारलाई राहत दिन्छौं– स्वास्थ्यमन्त्री मधुमाया



सम्बन्धित
Loading...