नवलपुरमा घट्दै संक्रमित, ८४ नयाँ थपिँदा १२३ निको भए




नवलपुर । पूर्वी नवलपरासीमो कोभिड १९ का संक्रमितको संख्या ओरालो लाग्न थालेको छ ।

नवलपुरमा सोमबार ८४ जना नयाँ संक्रमित थपिदा १ सय २३ जना निको भएका छन् ।




स्वास्थ्य कार्यालय नवलपुरका अनुसार सोमबार गैडाकोटमा ५३ जना, देवचुलीमा ५ जना, कावासोतीमा ११ जना, मध्यविन्दुमा ५ जना, विनयी त्रिवेणीमा ८ र बौदीकालिमा १ जना गरी ८४ जना थपिएका हुन् ।
नवलपुरमा कोभिडको तेस्रो लहर शुरु भए यता १ जनाको निधन भएको छ ।

त्यसैगरी सोमबार नवलपुरको गैडाकोटमा ५५ जना, देवचुलीमा ४ जना, कावासोतीमा २३ जना, मध्यविन्दुमा १४ जना, विनयी त्रिवेणीमा १४ जना, हुप्सेकोटमा २ र बुलिङ्गटारमा १ जना निको भएका छन् ।

नवलपुरमा अहिलेसम्म १७४ जनाले कोभिडका कारण ज्यान गुमाएका छन् भने ११ हजार ८ सय ८५ जना संक्रमित भएका छन् ।

नवलपुरमा अहिले सक्रिय संक्रमितको संख्या ३ सय ९१ रहेको छ । ति मध्ये सबैभन्दा बढी सक्रिय संक्रमित गैडाकोटमा १ सय ६४ जना रहेका छन् ।

त्यसैगरी देवचुलीमा ३३, कावासोतीमा ६३, मध्यविन्दुमा २३, विनयी त्रिवेणीमा ४२, हुप्सेकोटमा ९, बुलिङ्गटारमा २, बौदीकालिमा १ र जिल्ला अस्पतालमा १ जना सक्रिय संक्रमित रहेका छन् ।

 



सम्बन्धित
Loading...