नवलपरासीमा सर्पदंश उपचार केन्द्रलाई अक्सिजन कन्सन्ट्रेटर प्रदान




कावासोती । नवलपुरको बिनयी त्रिवेणी गाउँपालिका ७ स्थीत नेपाली सेनाद्वारा सञ्चालित सर्पदंश उपचार केन्द्रलाई तिन वटा अक्सिजन कन्सन्ट्रेटर प्रदान गरिएको छ ।

गण्डकी प्रदेश सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहयोगमा र जिल्ला स्वास्थ्य कार्यालय नवलपुरको समन्वयमा उक्त अक्सिजन कन्सन्ट्रेटर सर्पदंश उपचार केन्द्रलाई प्रदान गरिएको हो ।




गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारी गुरुङले सोमबार सर्पदंश उपचार केन्द्रमा नै पुगेर उक्त अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेका हुन् ।

हस्तातरण गर्दै उनले सर्पदंशको बिरामिले अकालमै ज्यान गुमाउन नपरोस् भन्नका लागि प्रदेर सरकारले अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको बताइन् ।

नवलपुरको तराई क्षेत्रमा विषालु सर्पदंशको बिगबिगी हुने हुँदा सर्पदंशको उपचारमा आएका बिरामिले अक्सिन अभावले ज्यान नगुमाउन भन्ने उद्दश्यले जिल्ला स्वास्थ्य कार्यालयको माग अनुसार अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको बताए । उनले उपलब्ध साधन श्रोतको सही सदुपयोग र संरक्षण गर्दै नागरिकलाई सेवा दिन आग्रह समेत गरे । आउने दिनहरुमा पनि प्रदेशका नागरिकको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन आफु तयार रहेको बताए ।

जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव प्रसाद चापागाईंका अनुसार उक्त कन्सन्ट्रेटर १० लिटर क्षमताको हो । बिजुलीमा मार्फत् अक्सिजन उत्पादन हुने भएकाले सर्पदंश उपचार केन्द्रका लागि अक्सिजनको माग पुरा गर्न यो प्रभावकारी हुने उनले बताए ।

नेपाल र भारतका समेत सर्पदंशका बिरामि उपचारका लागि यहाँ आउने गर्छन् । विषालु सर्पको टोकाईबाट आएका सर्पदंशका बिरामिलाई तुरुन्तै अक्सिजनको आवश्यकता पर्दा अन्यत्र पुग्नुपर्ने बाध्यता रहेको हुँदा स्वास्थ्य कार्यालयले प्रदेश सरकारसंग समनवय गरेर कन्सन्ट्रेटर सहयोग गरेको बताए ।

यस्तै मन्त्री अधिकारीले प्रदेशको एक मात्र भारतसंग सीमा जोडिएको त्रिवेणी नाकाको समेत निरिक्षण गरेका थिए ।

कोभिड – १९ संक्रमणको तेश्रो लरह फैलिरहेको अवस्थामा सीमाबाट आवतजावत गर्नेहरुबाट संक्रमण फैलनबाट रोक्न केही दिन अघि नाकामा हेल्थ डेस्क स्थापना गरिएको छ । त्यहाँ खटिएका स्वास्थ्यकर्मीहरुसंग मन्त्री अधिकारी छलफल समेत गरेका थिए ।

उनले विपदको समयमा नागरिकलाई सेवा दिन सेवा प्रदायक संस्थामा खटिएकाहरुको अझै बढी जिम्मेवारी हुने भएकाले निष्ठापूर्वक आफ्नो कर्तव्य निर्वाह गर्न निर्देशन दिए । कमि भएका श्रोत साधनको माग पुरा गर्नका लागि सरकाले पहल गर्ने समेत उनले प्रतिबद्धता जनाए ।

यस्तै गण्डकी प्रदेश सरकारले होल्डिङ्ग सेन्टर स्थापना गर्नका लागि समेत उपयुक्त स्थानको खोजी गरिरहेकाले त्रिवेणी नाकामा जग्गाको उपलब्धताका सम्बन्धमा समेत परामर्श गरिएको थियो । सकेसम्म नाकाको नजिकै होल्डिङ्ग सेन्टर राख्न उपयुक्त हुने हुँदा सम्भावना के कस्तो हुन्छ , छलफल र परामर्श गरेर जानकारी गराउन उनले आग्रह समेत गरे ।

हुप्सेकोटमा एक्सरे मेसिन हस्तान्तरण

 

मन्त्री अधिकारीले हुप्सेकोट गाउँपालिकामा समेत भिडियो – एक्सरे मेसिन हस्तान्तरण गरेका छन् । देउराली प्राथमिक अस्पतालका लागि उक्त एक्सरे मेसिन प्रदान गरिएको हो । विषेश गरेर अस्पतालमा आउने गर्भवती महिलालाई लक्षित गरेर उक्त एक्सरे मेसिन प्रदान गरिएको हो । गर्भअवस्थाको चेकजाँचमा सहयोग पु¥याउने उदेश्यले प्रदेश सरकार उक्त मेसिन प्रदान गरेको हो ।

उनले दुरदराजका नागरिकलाई प्राथमिक स्वास्थ्य उपचारको पहँुच पु¥याउन सरकार प्रतिबद्ध रहेको बताउ ।
उन्ले असाहाय , गरीब विपन्न तथा दुरदराजका नागरिकलाई स्वास्थ्य नीति मार्फत् स्वास्थ्य सेवाको पहुँच पु¥याउन सरकार अग्रसर बनेको बताउ ।

गाउँपालिका अध्यक्ष लक्ष्मी पाण्डेले सोक्रममा गाउँपालिकाको समग्र स्वास्थ्य अवस्थाको बारेमा जानकारी गराएका थिए । उनले भौगोलिक विकटताका कारण नागरिकलाई स्वास्थ्य सेवाको पहँुच पु¥याउन धेरै चुनौती रहेको बताए ।



सम्बन्धित
Loading...