बर्दियामा आगो तापिरहेकालाई टिपरले ठक्कर दियो, २ जनाको मृत्यु
बर्दियाको बढैयाताल गाँउपालिका–३ सतपतियामा टिपरको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । तीन जना गम्भिर घाइते भएका छन् ।
हिजो बेलुकी ८ बजे घर अगाडि आगो तापिरहेका ५ जनालाई भे १ क १४९५ नम्बरको टिपरले अनियन्त्रित भई ठक्कर दिएको थियो ।