कावासाेतीमा अटाे चालककाे हत्या, घटनाकाे अनुसन्धान हुँदै




कावासाेती । पूर्वी नवलपरासीमा एक जना अटाे चालककाे शंकास्पद निधन भएकाे छ ।

ना २ ह ६१७३ नम्बरकाे अटाे चालक कावासाेती १३ गैरी नयाँ बस्तीका ५२ बर्षीय माधवप्रसाद गिरीकाे निधन भएकाे हाे ।




उनकाे हत्या भएकाे प्रहरीले प्रारम्भिक अनुसन्धानबाट खुलेकाे छ ।

गिरीकाे शव कावासाेती १३ बाैनाहाकाे सिलहट घाेलमा पानीकाे दलदलमा गाडेकाे अवस्थामा आज फेला पारेकाे थियाे ।

हिजाे राति वेपत्ता भएका गिरीकाे शव आज विहान साढे ८ बजे पछि देखेर प्रहरीलाई खवर गरेकाे थियाे ।

अहिले घटना स्थललाई प्रहरीले नियन्त्रणमा लिएर घटनाकाे अनुसन्धान गरेकाे छ ।

घटना स्थलमा प्रज्जवल महर्जन सहितकाे टाेली खटेका छन् ।

मृतककाे अनुहारमा चाेट लागेकाे छ । घटना स्थलदेखि केही पर बाटाेमा अटाे भेटिएकाे छ ।

घटना स्थल वरपर सिक्री, २ थान माेबाईल र जुत्ता फेला परेकाे छ ।

घटना स्थलबाट शव उठाईएकाे छैन ।



सम्बन्धित
Loading...