नारायणगढ बुटवल सडक आयोजनामा कर्मचारी बोकेको पीकअप दुर्घटना, ८ जना घाईते




नारायणगढ बुटवल सडक आयोजनामा कार्यरत कर्मचारी बोकेको पीकअप भ्यान देवचुली नगरपालिका वडा नं. १७ झराही खोलामा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका सुचना अधिकारी डिएसपी दिलीप गिरीले जानकारी दिए ।

सडक आयोजनाका कामदार बोकेको बा १४ च २९०६ नम्बरको पीकअप दुर्घटना हुँदा ८ जना कामदार घाईते भएका छन ।




पश्चिमबाट पूर्वतर्फ जान आउँदै गरेको भ्यान विहान दुर्घटनामा परेको डिएसपी गिरीले बताए । घाईतेहरुको कालीगण्डकी अस्पताल कावासोतीमा उपचार भैरहेको छ । प्रहरीका अनुसार सबै घाइतेको अवस्था मध्यम रहेको छ ।

घाइते हुनेमा बर्दिया जिल्ला ठाकुरबाबा न.पा.१ बस्ने वर्ष अं ३९ को तिलक प्रसाद थारु ,बराबर्दिया न.पा.१बस्ने वर्ष ४२ को सिताराम थारु ,बर्दिया गेरुवा गा.पा. १ वस्ने वर्ष ३२ को खगेन्द्र चौधरी ,देवचुली न.पा २ सिजी बस्ने वर्ष २८ को टोप ब. मुखिया,देवचुली १७ रजहर बस्ने वर्ष ४५ को प्रेम प्रसाद शर्मा, देवचुली.४ बस्ने वर्ष ४१ का नरपती धोलि ,मध्यविन्दु न.पा. १ बस्ने वर्ष २२ को थम नारायण महतो र गोर्खा छेपेटार १ वस्ने वर्ष ३७ को रण ब. गुरुङ रहेका छन।

 

 



सम्बन्धित
Loading...