अटो चालक हत्या अपडेट, मृतकको शव पोष्टमार्टमका लागि पठाइयो



नवलपरासी, १८ माघ । पूर्वी नवलपरासीको कावासोतीमा हत्या भएको अटो चालकको शव पोष्टमार्टमका लागि अस्पताल लगिएको छ ।



ना २ ह ६१७३ नम्बरको अटो चालक कावासोती १३ गैरी नयाँ बस्तीका ५२ बर्षीय माधवप्रसाद गिरीको निधन भएको हो ।

उनको हत्या भएको प्रहरीले प्रारम्भिक अनुसन्धान अनुमान गरेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक प्रज्जवल महर्जनले घटना शंकास्पद भएको र घटनाको अनुसन्धान भईरहेको बताए ।




महर्जनले भने – ‘तालिम प्राप्त कुकुर मगाएर पनि अनुसन्धान थालेका छौं ।’ तालिम प्राप्त कुकुरले घटना स्थलको अनुसन्धान (सुघ्ने काम) सकेपछि प्रहरीले शव पोष्टमार्टमका लागि मध्यविन्दु जिल्ला अस्पताल पठाएको हो ।

प्रहरी उपरीक्षक महर्जनले प्रहरी घटनाको निचोटको नजिक नजिक पुगेको र सुक्ष्म रुपमा घटनाको अनुसन्धान गरिरहेको बताए ।

गिरीको शव कावासोती १३ बौनाहाको सिलहट घोलमा पानीको दलदलमा गाडेको अवस्थामा मंगलबार फेला पारेको थियो ।

सोमबार राति एक जना अपरिचित युवकले घरमै आएर कावासोती जान छ भन्दै अटोमा गएपछि उनी वेपत्ता भएका थिए ।

वेपत्ता भएका गिरीको शव मंगलबार विहान साढे ८ बजे पछि देखेर प्रहरीलाई खवर गरेको थियो ।
मृतकको शव पोष्टमाटर्मका लागि मध्यविन्दु जिल्ला अस्पताल पठाइएको र पोष्टमार्टम रिपोर्ट आएपछि घटनाको बारेमा थप पुष्टि हुने महजर्नले बताए ।

मृतकको अनुहारमा चोट लागेको छ । घटना स्थलदेखि केही पर बाटोमा अटो भेटिएको छ ।

घटना स्थल वरपर सिक्री, २ थान मोबाईल र जुत्ता फेला परेको छ ।



सम्बन्धित
Loading...