सुनवलको कृषि नमुना गाउँमा कृषि औजार लैजान खेतको बीचबीचमा सडक




गोपी ज्ञवाली –

परासी। पश्चिम नवल–परासीको सुनवल नगरपालिकाको नमुना कृषि गाउँको रुपमा विकास गर्न थालिएको स्वाठीका विभिन्न स्थानहरुमा खेतमा सडक निर्माण गरीएको छ ।




कृषि नमुना गाउँको रुपमा विकास लागिएको सुनवल ९ स्वाठीमा सुनवल नगरपालिका एवं विभिन्न दाता संस्थाहरुले कृषिको आधुनिकरण गर्न भन्दै किसानहरुलाई विभिन्न प्रकारका आधुनिक कृषि औजारहरु प्रदान गरेका छन ।

यसरी दिईएका आधुनिक कृषि औजारहरुलाई खेत सम्म पुर्याउनका लागि भन्दै गाउँका विभिन्न स्थानबाट ठुला ठुला आकारका कृषि सडकहरु खोलने काम गरिरहेको सुनवल नगरपालिकाका प्रमुख भिम बहादुर थापाले बताएका छन ।

सुनवलको मुख्य बजारदेखि करिब ५ किलोमिटर दक्षिण भागमा रहेको साविक स्वाठी गाविसलाई नै कृषिमा आधुनिकीकरण गर्ने भन्दै गाउँमा कृषि सहकारी गठन गरि किसानहरुलाई सुलभ दरमा आधुनिक कृषि यन्त्रहरु प्रदान गरिएको छ ।

स्वाठीका विभिन्न स्थानमा किसानहरुले सरकारी एवं गैरसरकारी संस्थाहरुको सहयोगमा ब्यावसायिक माछा पालन, तरकारी उत्पादनका लागि आधुनिक रुपमा टनेल प्रविधि, कृषि नेट प्रविधी, थोपा सिचाई लगायतका आधुनिक प्रविधिहरुको प्रयोग गरिदै आएको छ।

किसानहरुका लागि ब्यावसायिक रुपमा कृषि गरी उत्पादन बढाउन भन्दै किसानहरुलाई टयाक्टर, टूली, लेन्डलेजर, लेवलर (जमिन सम्माउने मशिन), गँहु, धान काटने कम्पाईल मशिन, रोटावेटर, हेप्पी सिडर (विउ छर्ने मशिन), कम्बाईन हारर्वेस्टर, पोटेटो प्लान्टर (आलु छर्ने खन्ने मशिन), स्टावेलर (पराल सोर्ने वा डल्लो पार्ने मशिन) लगाएतका आधुनिक कृषि औजारहरु दिईएको सुनवल नगरपालिका वार्ड नम्बर ९ का अध्यक्ष कन्हैया थारुले बताए।

यसरी नमुना कृषि क्षेत्रको रुपमा विकास गर्न लागिएको स्वाठीमा कृषि यन्त्र संचालन, किसानहरुलाई ब्यावसायिक तरकारी खेती, ब्यावसायिक माछा पालन, आलु खेती सहित विभिन्न प्रकारका तरकारी खेतीका लागि तालिम सहित प्रविधिक ज्ञान समेत प्रदान गरिएको बताईएको छ।

यसैगरी आधुनिक कृषि नमुना गाउँको रुपमा विकास गर्न लगिएको स्थाठीका विभिन्न गाउँहरुबाट खेतको बीचबीचमा पुग्ने चौडा सडकहरुको निर्माण गरिएको छ भने अनेक स्थानमा सडकहरुका निर्माण कार्य जारी रहेको समावेशी कृषि सहकारीका अध्यक्ष ईन्द्र कमल यादवले बताए।

यो सडक निर्माणमा कोरियन दात्रि संस्था कोईकाले १५ लाख रुपियाँ प्रदान गरेको छ ।



सम्बन्धित
Loading...