लेनदेनकै विवा’दका क्रममा तीन जनाको ह-त्या, ललितपुरमा भेटियो थप एक जनाको श’व

मोरङको उखुबारीमा भएको ह’त्या काण्ड पछ्याउँदै जाँदा घटना पछ्याउँदा ललितपुरको थेंचोमा खाल्डो खनेर गाडिएको अवस्थामा एक जनाको श’व भेटिएको छ ।
गोदावरी नगरपालिका–१२, थेंचोस्थित एउटा घरको पछाडिपट्टि गाडिएको अवस्थामा तेह्रथुमका मोहन लिम्बुको श’व भेटिएको हो । करिव ५ फिट गहिरो खाल्डोमा गाडिएको श’व गला’उन २५/३० प्याकेट नुन समेत हालेको भेटिएको छ ।
गोदावरी नगरपालिका–१२ कि वडासदस्य शोभा कार्कीका अनुसार यो घरमा लामो समय प्रि–प्राइमरी स्कुल थियो ।

तर लकडाउनपछि स्कुलले छाडेको यो घर अनिल मण्डलसहितको समूहले करिव ३ महिनाअघि भाडामा लिएको थियो ।
प्रारम्भिक अनुसन्धानका क्रममा खुलेअनुसार मोरङको धनपालथान गाउँपालिका–२ को उखुबारीमा गाडिएको अवस्थामा श’व भेटिएका राजेन्द्रकुमार श्रेष्ठ र शम्भु चौधरीका साथै थेचोमा श’व भेटिएका लिम्बुले अनिलसँग मिलेर जग्गा कारोबार गर्दै आएका थिए ।
लेनदेनकै वि’वादका क्रममा तीन जनाको ह’त्या भएको हुनसक्ने प्रहरीको आशंका छ । प्रहरीका अनुसार अनिल मण्डल २८ मंसिरसम्म थेंचोमा देखिएका छन् ।
यहाँ लिम्बुको ह’त्या गरेर मोरङमा गएको र श्रेष्ठ र चौधरीको ह’त्या गरेको हुनसक्ने अनुसन्धान अधिकृतहरुको आशंका छ ।

