तीन दिनको मौसम पूर्वानुमानः धेरै प्रदेशमा असिना पानी सहित भारी वर्षा

गएरातिदेखि देशका अधिकांश भागमा पानी परेको छ । कतै असिना पानी परेको छ त कतै मेघ गर्जन सहित पानी परेको छ ।
हाल देशमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव रहेको छ । देशका धेरै स्थानहरुमा मेघ गर्जन, चटयाङ रअसिना सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
साथै गण्डकी तथा लुम्बिनी प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको र देशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेकोले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन हुन अनुरोध गरेको छ।
हाल देशभर सामान्य देखि पुर्ण बदली भई धेरै स्थानहरुमा मेघगर्जन र चटयाङ सहित हल्का वर्षा भइरहेको छ।

शुक्रबार देशभर सामान्य देखि पूर्ण बदली रहने छ। देशका धेरै स्थानहरुमा मेघ गर्जन र चटयाङरअसिना सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
साथै गण्डकी तथा लुम्बिनी प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ
शनिबार देशका प्रदेश नं १, मधेस प्रदेश, वागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहि अन्य प्रदेशमा आंशिक वदली रहनेछ।
https://www.youtube.com/watch?v=qn2wVpotmbM&t=378s
प्रदेश नं १, मधेस प्रदेश, वागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा तथा अन्य प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

देशका पूर्वी तथा मध्य भूभागका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना समेत छ । आइतबार देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

