डडेल्धुरामा हिमपात : जनजीवन कष्टकर, यातायात सेवा प्रभावित
बदलिँदो मौसमका कारण सुदूरपश्चिमका पहाडी जिल्लामा बिहीबार साँझदेखि परेको हिमपातले जनजीवन प्रभावित भएको छ ।
हिमपातका कारण तराई पहाड आवातजावत गर्ने सवारी साधन बीच बाटोमै अलपत्र परेका छन् ।
हिमपात जारी रहेकाले यातायात सञ्चालन गर्न कठिनाइ भइरहेको छ ।
बिहीबारदेखि लगातारको हिमपातका कारण विभिन्न पहाडी राजमार्गहरुमा सयौँ यात्रु अलपत्र परेका छन् ।
मौसम बदली भई लगाातार भइरहेको हिमपातले जनजीवन कष्टकर हुनाका साथै यातायातका साधन बन्दले गर्दा यात्रु बीच बाटोमै अलपत्र परेका हुन् ।
हिमपातका कारण भीमदत्त राजमार्गको साउखर्क, हगुल्टे, गैरा लगायतका क्षेत्रमा यात्रुहरु कष्टकर जीवनयापन गरिरहेका छन् ।
हिमपातले बन्द रहेको राजमार्ग खुलाउन स्थानीय तहका डोजर प्रयोग गरिएको छ ।
जिल्लाको उच्च लेकाली भाग अनार खोली, भालुमारे, साहुखर्क, हगुल्टेलेक, महाभारत लेकका विभिन्न स्थानमा बाक्लो हिमपात भएको छ ।
लामो समयपछि डडेल्धुरामा माघ महिनामा हिमपात भएको स्थानीयवासीको भनाइ छ ।
निरन्तर हिमपात भई नै रहेको छ ।
यातायात पुनः सञ्चालन गर्नका लागि डोजरको प्रयोग भए पनि बाटो खुलाउन भने सहज नभएको अमरगढी नगरपालिकाका प्रमुख विश्वेश्वरप्रसाद ओझाले जानकारी दिए ।
तीन वर्षपछिको भारी हिमपात हुँदा डडेल्धुरामा स्थानीयवासी रमाउन थालेका छन् ।
बिहानदेखि हिउँसँग खेल्नेको भीडले हिउँ परेका क्षेत्र भरिभराउ छन् ।
गर्मी सुरु हुनै लाग्दा भएको हिमपातले पुनः चिसो बढेको छ ।
हिमपातसँगै उच्च लेकाली भेगसहित जिल्ला सदरमुकाम क्षेत्रमा अत्यधिक चिसो बढेको स्थानीयवासी प्रेमबहादुर महरले बताए ।
लगातारको हिमपातसँगै सेताम्मे भएका डाँडा पाखामा हिउँमा रमाउने युवायुवतीहरूको ताँती छ ।
हरेक वर्ष हुने हिमपातलाई पर्यटनका रुपमा डडेलधुरालाई चिनाउन सके हिमपातको समयमा भारतीय तथा नेपाली पर्यटक तान्न सकिने स्थानीयवासी महरको भनाइ छ ।
हिमपातले जनजीवन कष्टकर भए पनि कृषक भने हर्षित छन् ।

88]Nw’/f @!, df3 M
88]Nw’/fsf] ;b/d’sfddf laxLaf/ ;femFb]lv ePsf] lxdkftsf sf/0f hghLjg k|efljt x’g’sf ;fy} oftfoftsf ;fwg ;~rfngdf sl7gfO{ . tl:a/ M wgaxfb’/ e08f/L÷/f;;
हिउँका कारण खेतीपाती राम्रो हुने भन्दै कृषक हर्षित बनेका हुन् ।