गर्भवती युवतीको हत्या: हत्या आशङ्कामा श्रीमान् र ससुरा पक्राउ


कपिलवस्तुमा  गाडेको अवस्थामा एउटी २० वर्षीया युवतीको  शव उत्खनन गरी त्यहाँको प्रहरीले शुक्रवार पोस्टमार्टम  गर्न अस्पताल पठाएको छ ।



जिल्लाको यसोधारा गाउँपालिका–८, सिंहखोरकी २० वर्षीया रहिसुन निसाको शव प्रहरीले उत्खनन गरेको हो ।

उनको हत्या गरी गाडेको आशङ्कामा प्रहरीले उनका २२ वर्षीय श्रीमान् मोहम्मद नसिम अलिभाट र मृतककै ससुरा ५० वर्षीय  अब्बास अलिभाटलाई नियन्त्रणमा लिएको  त्यहाँका जिल्ला प्रहरी प्रमुख एसपी दानबहादुर केसीले जानकारी दिए ।




उनका अनुसार माघ १९ गते राति बिरामी थिइन् । पछि  झुन्डिएर मृत्यु भई भन्दै केही छिमेकीलाई समेत बोलाएर मुस्लिम मृत्यु संस्कार अनुसार खाडल खनेर काठमा राखी माथिबाट ढक्कन लगाएर शव गाडिएको थियो ।

हिजो साँझ  ८ बजे मात्र झुण्डाएर हत्या गरी शव सदगत गरेको भन्ने सूचना पाउन साथ प्रहरी त्यहाँ शव पुगेर उत्खनन गरेको थियो ।

लगत्तै हत्या आशङ्कामा मृतकका श्रीमानलाई र ससुरालाई नियन्त्रणमा लिई प्रहरीले सोधपुछ गरिरहेको छ ।

युवती गर्भवती रहेकाे समेत खुलेकाे छ ।

एसपी केसी भन्छन्, ‘मृतकको श्रीमानले म इन्डियामा थिएँ , हिजो मात्रै घर आएको हुँ भन्छन् तर  हो होइन भन्ने कुरा त्यहाँ पुगेर बुझ्दैछौँ र अनुसन्धान गर्दछौँ।

युवतीको माइती घर  सीमा क्षेत्रको भारतमा हो ।

उनीहरू बीच ९ महिना अघि मात्र विवाह भएको एसपी केसीको भनाई छ ।

.

.



सम्बन्धित
Loading...