पुल भत्किएको सात महिना बित्दासमेत मर्मत हुन सकेन




नवलपरासी। बाढीका कारण पुलमा क्षति पुगेको सात महिना बित्दा समेत अझै पुल मर्मतको काम हुन सकेको छैन् ।

नवलपरासी(बर्दघाट सुस्ता पूर्व ) नवलपुरको कावासोती नगरपालिका ४ र ५ जोड्ने केरुङ्गेखोलामा निर्माण भएको पुल बाढीले क्षति पुर्याएको सात महिना बितेको छ । तर पुलमर्मतमा भने न निर्माण कम्पनी न सडक डिभिजन कार्यालय कसैले चासो देखाएका छैनन्।




पुलको उत्तर तर्फको भागमा गएकोअसार महिनामा आएको बाढीले क्षति पुर्याएको छ । पुल भत्किँदा यातायात आवतजावतमासमस्या भएको छ ।

पुल भत्किँदा दुईतर्फी रुपमा यातायात सञ्चालनमा समस्या भएको हो ।भत्किएको पुलले दुर्घटनाको जोखिम रहेको स्थानीय नारायण लोहनीले बताउनुभयो। रायमाझी कन्स्ट्रक्सनले पुल निर्माणगरेको हो । पुल निर्माण गरेर असार महिनामै हस्तान्तर गरिएको थियो ।

हस्तान्तरणपश्चात आएको बाढीले पुलमा क्षति पुगेको हो । पुलको ‘विङ्ग वाल’ ( पुलको संरचनाजोगाउन बनाइका दायाँबाँयाको पर्खाल )मा पूर्णमा रुपमा क्षति पुगेको छ । सातमहिना सम्म मर्मतको काम नहुदाँ एकातर्फ यहाँ दुर्घटनाको जोखिम बढेको छ ।

अर्कोतर्फ मर्मत नगरे कुनैपनि समय आउने बाढीले पुलमा पूर्ण रुपमा क्षति पुग्ने र आवतजावतमै समस्या हुन सक्ने स्थानीय लोहोनीले चिन्ता व्यक्त गर्नुभयो । पुल मर्मतका लागिआफूहरूले समेत ताकेता गरेको भएपनि सात महिना सम्म कुनै सुनुवाइ नभएकोउहाँले गुनासो गर्नुभयो ।

पुल निर्माणको काम गरेकोरायमाझी कन्ट्रक्सनलाई आफूहरूले मर्मतका लागि ताकेता गरेको सडक डिभिजनकार्यालय बुटवलका डिभिजन प्रमुख जयलाल मरासिनीले बताउनुभयो ।

निर्माण सम्पन्न भएकोएक वर्ष सम्म मर्मतको काम निर्माण कम्पनीले गर्नुपर्ने सम्झौतामा उल्लेख भएअनुसारमर्मतका लागि आफूहरूले ताकेता गरिरहेको उहाँले बताउनुभयो ।

‘हामिले समयमैपत्र लेखी निर्माण कम्पनीलाई मर्मतका लागि भनेका छौ, उसैको काम हो मर्मत गर्ने’डिभिजन प्रमुख मरासिनीले भन्नुभयो ‘यदि मर्मत गरेन भने धरौटी रकम छ, त्यही रकमबाटभएपनि हामी आफै मर्मत गर्छौ ।’हाल यो पुल सडक डिभिजन कार्यालयभरतपुर मार्फत हेरिएको उहाँले बताउनुभयो ।

‘सडक डिभिजन कार्यालय बुटवल मार्फत कामभएको भएपनि अहिले भरतपुरबाट हेर्ने जिम्मा छ, पटक पटक निर्माण कम्पनीलाई मर्मतकोलागि भरतपुरबाट समेत ताकेता भएको छ ’ डिभिजन प्रमुख मरासिनीले भन्नुभयो ‘बनाउछु भन्ने तर काम नगर्दा समस्या भएको छ।’

पुल निर्माणको काम हेर्दैआउनुभएका सडक डिभिजन कार्यालय भरतपुरका इन्जिनियर विष्णु खनालका अनुसार निर्माण व्यवसायीले पुलको इन्सुरेन्सको विषयले केही ढिलाई हुनपुगेको बताएको छ ।

इन्सुरेन्स मार्फत क्षतिको दाबी गरि पुल मर्मत गर्ने व्यवसायीलेबताउने गरेको उहाँले बताउनुभयो । साथै अहिले आर्थिक संकट रहेकाले अर्को क्षेत्रमापुलको काम गरिरहेको र सो सम्पन्न भएपछि आफूले मर्मत गर्ने बताउने गरेकोइन्जिनियर खनालले बताउनुभयो ।

भरतपुरबाट समेत मर्मतकालागि निर्माण व्यवसायीलाई मौखिकतथा लिखत रुपमा भनिराखिएको उहाँले बताउनुभयो । यो पुल रु.७ करोड ७० लाख३६ हजार ४५०को लागतमा निर्माण भएको हो । केरुङ्गेमानै निर्माण भएको कालिकामावि नजिक रहेको कावासोती ४ र ५ जोड्ने पुलमा समेत क्षति पुगेको छ । पलुकोदुवै तर्फको ग्याभिनहरु भत्किएको छ ।

गएको असारमा पुलको दुवै तर्फ क्षति पुगेकोभएपनि मर्मत हुन नसकेको कावासोती नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष हरिप्रसादबास्तोलाले बताउनुभयो ।

लामो समय मर्मतको काम नहूँदा पुल भएर यात्रा गर्दाजोखिम कायम रहेको छ । साथै मर्मत नगरे अब आउने बाढीले पुलमा थप क्षति पुग्ने उहाँले बताउनुभयो ।

पुल मर्मतका लागि आफूहरूले सम्बन्धीत निकायमा भनेको भएपनि कुनै चासो नदिएको वडा अध्यक्ष बास्तोलालेबताउनुभयो ।



सम्बन्धित
Loading...