नालीको पानीमा कोरोनाको जाँच, नयाँ भेरियन्ट फैलिनुअघि नै भाइरस पत्ता लाग्ने दाबी


 



अमेरिकामा कोरोना नयाँ भेरियन्टलाई निक्रिय बनाउनका लागि विभिन्न वैज्ञानिकहरु प्रयोग हुन थालेको छ

यसका लागि फेरि अमेरिकाका वैज्ञानिकले अर्को नयाँ प्रयोग गरेका छन् । अमेरिकी वैज्ञानिकहरुले नालीको पानीको जाँच गरिरहेका छन् ।




उनीहरुले नालीको फोहोर पानीको जाँचमार्फत भाइरसको बारेमा पत्ता लगाउन कोसिस गरिरहेका छन् ।

उक्त अनुसन्धानका लागि अमेरिकाको हेल्थ एजेन्सी सेन्टर्स फर डिसिज कन्ट्रोल एण्ड प्रिभेन्सनले सहयोग गरिरहेको छ ।

नालीमा यसरी पुगिरहेको छ कोरोना भाइरस

कोरोना भाइरस जब मानव शरीरमा पस्छ, यसले शरीरलाई आक्रमण गर्छ ।

र, शरीरमा यसले आफूले आफैलाई तीव्र रुपमा बढाउँछ ।

केही भाइरसका कण पेटमा पनि जान्छ । जुन दिसामार्फत नालीमा जान्छ ।

त्यसैले फोहोर पानीलाई पनि नमुनाको रुपमा परीक्षण गर्न सकिन्छ ।

कसरी हुँदैछ जाँच ? 

यो अनुसन्धानको प्रोजेक्टलाई सिभर भाइरस नेटवर्क अलर्ट नाम दिइएको छ ।

सिएनएनको रिपोर्टका अनुसार प्राध्यापक अलेक्जेन्ड्रिया बोहेम र उनको टीम गरी ४५ जना यस अनुसन्धानमा लागि रहेका छन् ।

क्यालिफोर्नियामा भइरहेको यो अनुसन्धानमा फरक–फरक क्षेत्रका नालीका पानीको नमुना परीक्षण गरिरहेका छन् ।

उक्त नालीको पानीमा जेनेटिक मटिरियल (आरएनए) निकालिएको छ ।

र, यसबाट जिनोम सिक्वेन्सिङ गरेर कोरोनाको भेरियन्ट पत्ता लगाउन सकिन्छ ।

बोहेमका अनुसार नोमेम्बर २०२१ मा दक्षिण अफ्रिकामा ओमिक्रोनको पहिलो केस भेटिएको थियो ।

उनका टिमले उक्त क्षेत्रको नालीको पानीको जाँच सुरु गरेको थियो ।

विश्व स्वास्थ्य संगठनले नयाँ भेरियन्टको नाम दिँदासम्म अमेरिकाकाको थुप्रै नालीमा यो भाइरसको नमुना भेटिएको थियो ।

यसको मतलब ओमिक्रोन पहिले नै अन्य देशमा फैलिरहेको थियो ।

सामान्य परीक्षणबाट यसको पत्ता नलागेको उनले बताए ।

सिडिसीले उक्त प्रोजेक्टका लागि नेशनल वेस्टवाटर सभिलेन्स सिस्टम बनाएको छ ।

यसमार्फत अमेरिकाका १९ वटा स्टेटमा ४ सय भन्दा बढी जाँच सेन्टर खोलिएको छ ।

अनुसन्धानमा भेटिएको डाटाका अनुसार पछिल्लो १५ दिनमा ४ सयमध्ये दुई तिहाई सेन्टरमा कोरोना भाइरसको मात्रा कम पाइएको छ ।

फोहोर पानीमा कोरोना परीक्षण किन ? 

विशेषज्ञका अनुसार भाइरस सबैभन्दा पहिले नालीको पानीमा नै भेटिन्छ ।

बिरामीहरुमा संक्रमणको लक्षणहरु नदेखिए पनि नालीको पानीमा भने संक्रमण फैलिरहेको भेटिएको छ ।

नालीको पानीको सही पहिचानले नै कोरोनाको संक्रमण फैलिरहेको पत्ता लगाउन सकिन्छ ।



सम्बन्धित
Loading...