जिप दुर्घटना हुँदा दुईको मृत्यु


 



स्याङजाको बिरुवा गाउँपालिका–३ धोवादीमा आज बिहान जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

खालिबाट पुतलिबजारतर्फ जाँदै गरेको ग १ ज ५९३९ नम्बरको जिप हुँदा चालक बिरुवा गाउँपालिका–३ कै २६ वर्षीय बेल बहादुर थापा र जिपमा सवार सोही स्थानका ३२ वर्षीय भेष बहादुर थापाको मृत्यु भएको हो ।




दुवै जनाको घटनास्थलमै मृत्यु भएको हो ।

जिप अनियन्त्रित भई अन्दाजी ५ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ ।



सम्बन्धित
Loading...