नवलपुरमा स्कुटी चालकको निधन, नवलपुर बेहुली लिन आउँदै गरेका जिप दुर्घटना


नवलपुर । पूर्वी नवलपरासीमा शनिबार विहान स्कुटी दुर्घटना हुँदा एक जनाको निधन भएको छ ।



जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार पूर्वी नवलपरासीको विनयी त्रिवेणी २ को ज्यामिरे खोलामा उत्तरबाट दक्षिणतर्फ आउँदै गरको लु ४६ प १९४३ नम्बरको स्कुटर दुर्घटना भएको हो ।

दुर्घटनामा परी सोही स्कुटरका चालक विनयी त्रिवेणी गाउँपालिका १ निवासी ४३ बर्षीय शिव भुसालको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।




नवलपुरको गैडाकोटमा दुलही लिन आउँदै गरेको कार दुर्घटना

स्याङ्जाबाट नवलपुरको गैंडाकोटमा दुलही लिन आएको कार पोखराको तालचोक सडकखण्डमा दुर्घटनामा परेको छ । बेहुला चढेको ग २ च ८५५२ नं.को कार र ग २ च ३११७ नं.को जीप दुर्घटनामा परेका हुन् ।

दुर्घटनामा कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । दुवै सवारी पोखरातर्फबाट एकै दिशामा जाँदै थिए । प्रत्यक्षदर्शीका अनुसार जीपले अगाडिको कारलाई पछाडिबाट ठक्कर दिई नालीमा पुर्याइदिएको हो । सिधा र सहज बाटो भएकाले ठूलो दुर्घटना हुनबाट टरेको छ ।

प्रहरी नायव निरीक्षक सुमन निउरेका अनुसार कारमा सवार बेहुला आँधिखोला ३ का २८ वर्षीय दीपक खत्री, कार चालक सोहि स्थानका ३६ वर्षीय डिल्लीराम सुवेदीसहित बेहुलाका बुवा, दिदीहरु सबै सकुशल छन् । दुवै सवारीसाधनका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

 



सम्बन्धित
Loading...