कावासोतीमा ६० बर्ष माथिकालाई बुस्टर डोज

कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा ६० बर्ष पुरा भई कोभिड १९ विरुद्धको दोस्रो मात्रा खोप लगाएका ६० बर्ष माथिका नागरिकलाई बुस्टर डोज खोप लगाइने भएको छ ।
स्वास्थ्य शाखा कावासोतीका अनुसार माघ २७ गते खोप लगाइने भएको हो ।
दोस्रो मात्रा लगाएको ६ महिना पुगेका ६० बर्ष माथिका नागरिकलाई बुस्टर डोज लगाइन लागिएको हो ।
यस अघि नवलपुरमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाईकर्मी, चालक, सहचालक, पत्रकार लगायत अग्रभागमा खटेर काम गर्नेलाई बुस्टर डोज खोप लगाइएको थियो ।
माघ २७ गते शिवमन्दिर स्वास्थ्य चौकी अठ्ठाइस विगाहा, कावासोती स्वास्थ्य चौकी मगरकोट, पिठौली स्वास्थ्य चौकी पिठौली, अग्यौली स्वास्थ्य चौकी अग्यौली र कुमारवार्ती स्वास्थ्य चौकी गोछडामा खोप लगाइने भएको छ ।

नवलपुरको कावासोती अधिकांश नागरिक र १२ बर्षदेखि १७ बर्ष उमेर समूहका विद्यार्थीहरुले दोस्रो मात्रा खोप लगाइसकेका छन् ।
पहिलो र दोस्रो मात्रा लगाउन छुटेकालाई हरेक शुक्रबार शिवमन्दिर स्वास्थ्य चौकी अठ्ठाइस विगाहामा खोप लगाउने पाउने व्यवस्था पनि गरेको कावासोती नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

