निशुल्क शैक्षिक सामाग्री वितरण




कावासाेती । राष्ट्रिय पुस्तक दिवसको अवसरमा नवलपुरका केही सामुदायिक विद्यालयहरुमा प्रकृति पुस्तक पसल कावासोतीले निशुल्क रुपमा पुस्तक कपि र स्टेसनरी सामग्री वितरण गरेको छ ।

श्रीपञ्चमीको अवसरमा विद्यालयमा अक्षारम्भ गर्न आउने विद्यालयलाई सामग्री वितरण गरेको जीवन ज्योति माध्यामिक विधालयका व्यवस्थापन समितिका अध्यक्ष चिरन्जिबी जिसिले बताए।




प्रत्येक बर्ष आजकै दिन पुस्तक पसलले आफ्नो बार्षिकाेत्सब मनाउने र पुस्तक दिवस समेत पर्ने हुँदा सामाजिक उत्तरदायित्व बहन गर्दै निशुल्क सामग्री वितरण गर्ने गरेको प्रकृति पुस्तक पसलकी गीता पराजुलीले बताए ।

यो बर्ष पुस्तक पसल सन्चालन्मा आएको २७ बर्षमा प्रवेश गरेको छ ।

सो अवसरमा ४ सय ५० जना अक्षारम्भ गर्न आउने सामुदायिक बिधालयका बाबुनानीलाई निशुल्क शैक्षिक सामग्री वितरण गरेको जनाईएको छ ।

जिल्लाकै पुरानो पुस्तक पसलले प्रत्येक बर्ष विद्यालयलाई पुस्तकहरु उपलब्ध गराउदा सिकाईमा थप टेवा दिएको नवदुर्गा आधरभुत विद्यालयका प्रधानाध्यापक टिकाराम डुम्रेले बताए ।



सम्बन्धित
Loading...