सामुदायिक वनको ५ औं साधारण सभा

कावासोती –
अंकुर आदर्श सामुदायिक वन उपभोक्ता समूह, कावासोती १६ डण्डाको ५ औं बार्षिक साधारण सभा भएको छ ।
उपभोक्ता समूहका अध्यक्ष लोक बहादुर केसीको अध्यक्षता र वडा नं १६ का वडा अध्यक्ष एकादत्त वस्तीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा बार्षिक आय व्ययको विवरण, वर्ष भरि भएका गतिविधि र आगामी योजनाको विषयमा छलफल भएको थियो ।