काठमाण्डौमा हट्यो जोर–बिजोर प्रणाली, फाल्गुन १ गतेबाट विद्यालय र फिलिम हल खुल्ने




काठमाण्डाै उपत्यकामा यातायातका साधनमा लगाइएको जोर–बिजोर प्रणाली भोलि साेमवारदेखि हट्ने भएको छ ।

काठमाण्डौ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको आज आइतवार बैठकले भोलिदेखी जोर–बिजाेर प्रणाली हटाउने निर्णय गरेको हो ।




सार्वजनिक गाडीमा यसअघि नै जोरबिजाेर प्रणाली हटिसकेको थियो भने ट्याक्सी र निजी सवारीसाधनमा जोर–बिजोर प्रणाली कायमै थियाे ।

यसअघि आजै बसेको सीसीएमसीसीको बैठकले जोर–बिजाेर हटाउन सिफारिस गरेको थियो । जिल्ला प्रशासन कार्यालयहरूले नयाँ आदेश निकालेर भोलिदेखि जोरबिजोर प्रणाली हटेको जानकारी गराएका छन् ।

यस्तै फागुन १ गतेदेखि विद्यालयलगायतका शैक्षिक संस्था खोल्न पाउने, एक पटकमा ५० जनासम्म प्रवेश गर्ने गरी शपिङ मल खोल्न पाउने, डान्स बार, दोहोरी लगायतका व्यवसाय राति १० बजेसम्म सञ्चालन गर्न पाइने लगायतका व्यवस्था गरिएको छ ।

जुलुस, सभा, मेला महोत्सव, हाटबजारको प्रतिबन्ध भने कायमै छ ।

 

फागुन १ गतेदेखि शैक्षिक संस्था सञ्चालन गर्न सकिने

फागुन १ गतेदेखि काठमाडौं उपत्यकामा शैक्षिक संस्था सञ्चालन गर्न पाउने भएको छ।

आइतबार बसेको तीन प्रमुख जिल्ला अधिकारीको बैठकले विश्वविद्यालय, विद्यालय, कलेज, ट्युसन सेन्टर लगायत शैक्षिक संस्था फागुन १ गतेदेखि सञ्चालन गर्न सकिने निर्णय गरेको हो।

तर विद्यालय सञ्चालन गर्दा १२ वर्ष पुरा भएका विद्यार्थीको हकमा नियमित र नभएका विद्यार्थीको हकमा संख्या समेत विचार गरी सम्बन्धित स्थानीय तहसँग समन्वय गर्न भनेको छ।

विद्यालय व्यवस्थापनले आलोपालो वा सिफ्ट प्रणालीमा कक्षा सञ्चालन गर्न आदेश दिएको हो।

साथै सबै परीक्षाहरू पनि सञ्चालन गर्न अनुमति दिएको छ। तर स्वास्थ्यका मापदण्डको पालना गर्न आदेश दिएको छ।

यस्तै प्रशासन कार्यालयले उपत्यकामा जोरबिजोर प्रणाली पनि हटाएको छ। योसँगै प्रशासनले फागुन १ गतेदेखि लागुहुनेगरी नाइट क्लबहरू पनि सञ्चालन गर्न अनुमति दिएको छ।

फागुन १ देखि सिनेमा हल खोल्न सिफारिस

 

कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)ले फागुन १ गतेदेखि सिनेमा हल खोल्न सिफारिस गरेको छ ।

आइतबार बसेको सीसीएमसीसीको बैठकले फागुन १ गतेदेखि स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर सिनेमा हल खोल्न सरकारलाई सिफारिस गरेको सीसीएमसीसीकी प्रवक्ता सुनिता नेपालले जानकारी दिइन् ।

कोरोना संक्रमणको तेस्रो लहर सुरु भएपछि सरकारको निर्देशनमा स्थानीय प्रशासनले गत माघ ३ गतेदेखि सिनेमा हल बन्द गर्ने निर्णय गरेको थियो । हल बन्द भएसँगै चलचित्र प्रदर्शन अनिश्चित बनेको थियो भने चलचित्र निर्माण कार्यमा पनि अलमल भएको थियो ।



सम्बन्धित
Loading...