बँदेलको आक्रमणबाट बाजुरामा एक बालकको मृत्यु




बाजुरा –

बाजुरा जिल्लाको बुढीनन्दा नगरपालिकामा बँदेलको आक्रमणबाट एक बालकको मृत्यु भएको छ ।




नगरपालिकाको वडा नम्बर ३ चोलुका स्थानीय १५ वर्षीय सुकिन्द विष्टको गाउँ नजिकै रहेको डोग्रा–ठाम्रा सामुदायिक वनबाट आएको जंगली बदेँलले आक्रमण गरेको वडाध्यक्ष रामबहादुर वोहोराले जानकारी दिए।

बाख्रा चराउन जङ्गल गएका विष्टको बँदेलको आक्रमणबाट घाइते भएका थिए ।

उपचार लागि कोल्टी ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको वडाध्यक्ष बोहोराको भनाइ छ ।

विष्टको टाउकोको चोट लागेको थियो ।



सम्बन्धित
Loading...