पाल्हीनन्दनका दुई सय घरका पशुलाई निःशुल्क औषधी

रामकरण अम्बेडकर–
परासी । पश्चिम नवलपरासी पाल्हीनन्दन गांउपालीकाको कार्यालय कुस्मा पशु सेवा शाखाले पाल्हीनन्दन गांउपालिका वडा नं १ शंकरपुरमा १ दिने निशुल्क पशु स्वास्थ्य शिविर मार्फत दुई सय घर लाई औषधी वितरण गरेको छ ।
पाल्हीनन्दन गाउँपालिका वडा नं ३ कुश्मामा रहेका पशु सेवा शाखाले आयोजना गरेको १ दिने निःशुल्क पशु स्वास्थ्य शिविर कार्यक्रम पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजु प्रसाद गुप्ता (दिपक प्रमुख अतिथिमा भएको थियो ।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष गुप्ताले अहिले गाई भैंसीहरु लगायतका पशुहरुमा नयां नयां रोगहरुबाट बचाउनको लागि शिविर मार्फत जनताहरुलाई कुन रोग लागे पछि पशुहरुमा कस्तो लक्षण देखिन्छ भन्ने विषयमा जानकारी गराउने र निशुल्क औषधि वितरण गर्ने गरिएको बताए ।
उनले जनचेतना जगाउने र र पशुपालन गर्नको लागि कृषकहरुलाई प्रोत्साहन समेत नगरपालिका लागी परेको बताए ।
पशुहरुमा नयां भेरिएन्टका रोगहरुबाट बचाउनको लागि पाल्हीनन्दन वडा नं १ शंकरपुरमा निशुल्क पशु सेवा शिविर मार्फत विभिन्न रोगका दुई सय घर परिवारहरुका पशुहरुलाई औषधी वितरण गरीएको थियो ।
पशुहरुमा लाग्ने रोगहरु सम्बन्धी जनताहरुाई कुन रोग लाग्छ लक्षण कस्तो हुन्छ कुन रोग लागेमा कुन औषधी कति खुवाउनु पर्छ यसै निशुल्क पशु सेवा शिविर मार्फत जानकारी गराएको पशु सेवा नायब पशु स्वास्थ् प्राविधिक धर्मेन्द्र यादवले बताए ।
यादवका अनुसार पाल्हीनन्दन गांउपालिका वडा नं ५ र ६ मा पनि निशुल्क पशु सेवा स्वास्थ्य शिविर मार्फत अहिले खोरेत रोगहरु लगायतका रोगहरुको विषयमा जनचेतनाका साथ साथै औषधी वितरण गरिएको हो ।