नवलपुरमा पनि शुरु भयो इपासपोर्ट वितरण शुरु

नवलपुर। नवलपुर जिल्लामा पनि ई पासपोर्ट वितरण शुरु भएको छ ।
अहिले विश्वका कुनै पनि देशमा जान नेपाली कामदारहरुलाई विद्युतीय राहदानी ई पासपोर्ट अनिवार्य गरिएको छ ।
सरकारले अहिले देशभर विद्युतीय राहदानी वितरण शुरु गरेको छ । सोही क्रममा जिल्ला प्रशासन कार्यालय नवलपुरबाट पनि विद्युतीय राहदानी सेवा शुरु भएको जिल्ला प्रशासन कार्यालय नवलपुरका सूचना अधिकारी आनन्द भुसालले बताए ।
लामो समय देखि इ पासपोर्ट सुरु हुने भनेर नियमित पासपोर्ट बनाउने प्रक्रिया रोकिएको अबस्थामा विद्युतीय राहदानी सफ्टवेयर जडान गरिएकोले इ पासपोर्ट निर्माण सुरु गरिएको जिल्ला प्रशासन कार्यालयका अधिकृत आनन्द शर्माले जानकारी दिएका छन।

अब सेवाग्राहीले अनलाइन रजिस्ट्रार गरेर जिल्ला प्रशासनमा गएर प्रक्रिया पूरा गरेमा एक हप्ता भित्रमा इ पासपोर्ट प्राप्त गर्न सक्नेछन् ।
इ पासपोर्ट सेवा सुरु भए संगै सेवाग्राहीलाई राहदानी लिन सहज हुने विश्वास व्यक्त गरिएको छ।
त्यसो त सरकारले नेपाल बाहिर रहेको नेपालीहरुको सहजताको लागि कतार लगायतका खाडी मुलुकमा सम्बन्धित देशमा रहेको नेपाली दुताबासबाट विद्युतीय लिन पाउने प्रावधान पनि शुरु गरेको छ ।
