विदेशमा विद्यार्थी पठाएर अलपत्र पार्नेहरूलाई कारबाहीको गर्ने गृहको चेतावनी

गृह मन्त्रालयले अध्ययनका लागि विदेशमा पठाएर अलपत्र पार्ने कन्सल्टेन्सीलगायत संघसंस्था तथा व्यक्तिहरूलाई कारबाहीको चेतावनी दिएको छ ।
मन्त्रालयले एक विज्ञप्ति निकाल्दै विभिन्न देशका शैक्षिक संस्थाहरूमा अध्ययन गर्नका लागि विद्यार्थीहरू विदेश जाँदा सम्बन्धित देश, शैक्षिक संस्थाहरूले
निर्धारण गरेको प्रक्रिया पूरा नगरी जाने, उक्त देशहरूमा गई अलपत्र पर्ने तथा कतिपय अवस्थामा नेपालमा नै फिर्ता हुने जस्ता घटना, समाचार र गुनासाहरू प्राप्त भएको भन्दै मन्त्रालयले विज्ञप्ति मार्फत चेतावनी दिएको हो ।
शैक्षिक परामर्शदाता संस्थाहरू, अनलाइनरुपमा विज्ञापन गर्ने शैक्षिक संस्थाहरू, अवैधरुपमा विदेशस्थित विभिन्न देशका शैक्षिक संस्थाहरूको प्रतिनिधिको रूपमा कार्य गर्ने व्यक्तिहरूमाथि सरकारले निगरानी गरिरहेको मन्त्रालयले जनाएको छ ।
त्यस्ता गतिविधि सञ्चालन गरेको पाइएमा संलग्न संस्था, समूह र व्यक्ति जोसुकैलाई पनि प्रचलित कानुनबमोजिम कारबाही गरिने मन्त्रालयले विज्ञप्तिमा भनेको छ ।
यो पनि ===
ब्राउन सुगरको धुलो जस्तो देखिने पदार्थसहित काठमाडौंबाट दुई जना पक्राउ
लागु औषध ब्राृन सुगरको धुलो जस्तो देखिने पदार्थसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सामेबार अपरान्ह सवा चार बजेको समयमा महानगरीय प्रहरी प्रभाव कपनबाट खटिएको प्रहरी टोलीले काठमाण्डौको बुढानिलकण्ठ नगरपालिका १० कपन आकाशेधाराबाट गोप्य सूचनाका आधारमा २२ वर्षका पासाङ छिरिङ शेर्पालाई पक्राउ गरेको हो ।
शेर्पालाई शंकास्पद अवस्थामा फेला पारी रीतपूर्वक उनको शरीर तथा कोठा खानतलासी गर्दा उनी बस्ने कोठाभित्र ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ ६ ग्राम फेला पारी बरामद गरिएको हो ।
प्रहरीले सोधपुछ गर्दा कन्चनपुर को भिमदत्त नगरपालिका महेन्द्रनगर स्थायी घर भएका अहिले काठमाडौंको बुढानिलकण्ठ नगरपालिका १० कपन आकाशेधारा बस्दै आएका २७ वर्षकाखगेस खत्रीले राख्न दिएको भनी खुलाएका थिए ।
खत्रीलाई खोजतलास गर्दा साँझ ५ बजेको समयमा काठमाडौं महानगरपाकिला ६ गोपिकृष्णहल नजिकैबाट निजलाई उनलाई पक्राउ गरेर महानगरीय प्रहरी बृत बौद्धबाट थप अनुसन्धान भईरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्तासमेत रहेका प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीले जानकारी दिए ।