जर्मनी पठाउँछु भनेर ठगी गरेको आरोपमा क्रिस्टिना गुरुङ पक्राउ


 



जर्मनी पठाउँछु भनेर ठगेको आरोपमा महानगरीय प्रहरी वृत्त स्वयम्भूले स्याङ्जा घर भएकी कान्ति राना गुरुङ उर्फ ‘क्रिस्टिना’लाई पक्राउ गरेको छ ।

 




धेरै रकम ठगेको उजुरीको आधारमा उनलाई अनामनगरबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) दिनेशराज मैनालीले बताए ।

 

कुटनीतिक नियोगका मानिसहरुले प्रयोग गर्ने निलो प्लेटको गाडी चढेर हिँड्ने कान्ति रानाले आफूलाई युएनको कर्मचारी डा. क्रिस्टिना भनेर चिनाउँथिन् ।

उनले युएनको कर्मचारी भनेर नक्कली भिजिटिङ कार्ड समेत वितरण गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

 

उनले एकजनाबाट १४ लाख ठगेको उजुरी महानगरीय प्रहरी वृत्त स्वयम्भूमा दर्ता भएको छ ।

गुरुङले ३२ जनाबाट ४ देखि १५ लाखसम्मको दरले थप करिब साढे २ करोड ठगेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको स्वयम्भूका डिएसपी मिलन केसीले रातोपाटीलाई बताए ।

 

३२ जना युवासँग उनले ‘समूहमा आउनु, जर्मनी पठाउँछु’ भनेर असुलेकी थिइन् ।

गुरुङलाई महानगरीय प्रहरी परिसर काठमाडौंले यसअघि पनि पक्रेर ठगी मुद्दा चलाएको थियो ।



सम्बन्धित
Loading...