महेशपुर मुल भन्सारको बाटो नाजुक पैदलयात्रुदेखि मालवाहक सवारी साधनलाई सास्ती




रामकरण अम्बेडकर ‍-

परासी । महेशपुर मुल भन्सारको बाटो नाजुक हुदा पैदलयात्रुदेखि मालवाहक सवारी साधनलाई सास्ती भएको छ ।

 




महेशपुर मुल भन्सार सिमाक्षेत्र देखि भक्सीपुर पुल सम्म ठाउं ठाउंमा बाटो खाल्टा खुल्टी तथा सांगुरो भएको कारण पैदलयात्रुदेखि ठुला ठुला मालवाहक सवारी साधनलाई आउन जानमा सास्ती भएको हो ।

बाटो सांगुरो र खाल्टा खुल्टी हूदा पटक पटक दुर्घटना समेत हुने गरेको छ । तथ्यांक अनुसार   अहिले सम्म तीन वटा मालवाहक सवारी दुर्घटनामा परि सकेको छ ।

 

भारतको ठुठीबारी दश गजादेखि महेशपुर भन्सार कार्यालयमा आईरहेको यु.पी.५३ ई टी ८०६७ नम्बरको मालवाहक ट्रक बाटो सांगुरो तथा खाल्टा खुल्टीको कारण पल्टीएको छ । गाडी पल्टीदा लु ६० प २८४१ नम्बरको होन्डा साईन मोटरसाईकल च्यापिएर छती भएको महेशपुरका ट्राफिक प्रहरी माधव प्रसाद पोख्रेलले बताए ।

 

भारत ठुठीबारीबाट भारतीय मालवाहक ट्रक महेशपुर भन्सार कार्यालयमा आईरहेको बेला बाटो       खालटा खुल्टीका कारण ट्रक पल्टीदा मोटरसाईल छती अहिले सम्मको तीन पटक महेशपुर सिमा प्रहरी चौकी नजिकै भारी बोकेको भारतीय ट्रक बाटोमा पल्टीएको छ ।

बाटो खाल्टा सुल्टीका कारण कुनै दिन दुर्घटना भई मानवक्षति भएमा यसको जवाफदेही को हुने ?

बाटो सांगुरो र खाल्टा खुल्टीका कारण मान्छे लगायतका सवारी साधन आवत जावतमा समस्या    रहेको र यस्ता घटनाहरु यहा पटकपटक भईरहेको भएपनि सडक विभागले कुनै चासो नलिएको   स्थानियहरुले आरोप लगाएका छन ।

 

स्थानियहरुका अनुसार आवत जावत गर्नको लागि बाटो सांगुरोले गर्दा छिमेकी राष्ट्र भारतबाट ठुला ठुला मालवाहक गाडीहरु आउदा महेशपुरमा बाटो जाम समेत हुने गरेको छ ।

त्यसैगरी भक्सीपुर स्थित झरही खोलामा पुल सांगुरो रहेको कारण मालवाहक गाडीहरु पालो पालो पुल कट्नु पर्ने बाध्यताले थप समस्या भएको छ ।

 



सम्बन्धित
Loading...