नवलपुरमा ३९ हजार मतदाता थपिए, मतदाता संकलन कार्य बन्द




नवलपुर । पूर्वी नवलपरासीमा झण्डै ३९ हजार मतदाता थपिएका छन् । पछिल्लो पटक भएको प्रदेश र प्रतिनिधि सभाको निर्वाचन २०७४ पछि अर्थात ४ बर्षको अवधिमा नवलपुर जिल्लामा ३९ हजार मतदाता थपिएका हुन् ।

जिल्ला निर्वाचन कार्यालय नवलपुरका अनुसार प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनमा नवलपुरमा मतदाता संख्या २ लाख २१ हजार ७ सय १४ जना रहेकोमा अहिले त्यो संख्या बढेर २ लाख ६० हजार ९ सय ७३ पुगेको छ ।




जसमध्ये महिलाको संख्या १ लाख ३६ हजार १ सय १८, पुरुष मतदाताको संख्या १ लाख २४ हजार ८ सय ५१ र तेस्रो लिङ्गी मतदाताको संख्या ४ जना रहेका छन् ।

 

यो संख्या अर्थात २ लाख ६० हजार ९ सय ७३ मतदाता संख्या १६ बर्ष उमेर माथिका रहेका र स्थानीय तहको निर्वाचन हुने दिनसम्म १८ बर्ष पुग्नेको संख्या यकिन हुन बाँकी रहेकोले अब हुने निर्वाचनमा भाग लिनेको संख्या भने अझै यकिन हुन बाँकी रहेको जिल्ला निर्वाचन कार्यालय नवलपुरका जिल्ला निर्वाचन अधिकारी लालप्रसाद शर्मा भुसालले जनाएको छ ।

निर्वाचन आयोगले सरभरमा अन्तिम नामावली प्रकाशन गरेपछि मात्र मतदाताको यकिन संख्या यकिन हुने जनाइएको छ ।

नवलपुरमा ४ नगरपालिका र ४ गाउँपालिका गरी ८ वटा पालिका रहेका छन् । ति पालिकाहरु मध्ये यस अघिको स्थानीय तहको निर्वाचनमा नवलपुरमा पालिका प्रमुखहरुमा नेकपा एमालेले गैडाकोट नगरपालिका र कावासोती नगरपालिकामा जित हात पारेको थियो ।

 

त्यसैगरी देवचुली नगरपालिका, मध्यविन्दु नगरपालिका, विनयी त्रिवेणी गाउँपालिका, हुप्सेकोट गाउँपालिका, बुलिङ्गटार र बौदीकाली गाउँपालिका गरी ६ वटा पालिकामा नेतृत्व तहमा नेपाली काँग्रेसले जित हात पारेको थियो ।

 

 



सम्बन्धित
Loading...