नवलपरासीमा : रोकिएन ‘एसपी साप’ को गोरखधन्दा




नवलपरासीका प्रहरी उपरीक्षक (एसपी) मनोज यादवमाथि तस्करहरुसँग कुरो मिलाएर सीमा नाकामा अवैध धन्दा चलाएको आरोप लाग्दै आएको छ ।

बंगलादेश, क्यानडालगातयका देशबाट नेपाल भित्र्याइएको हरियो केराउ दशगजा क्षेत्रमा भण्डारण गरेर त्यहिँबाट भारतीय व्यापारीसँग साँठगाँठ गर्दै उतै निकासी गर्न सघाएको आरोप एसपीलाई लागेको हो ।




नवलपरासीका सनही, गेर्मी, अमानीगञ्ज,महेशपुर, भुजुवा, पाँचपेडा वासहिया, रामनगर गुठी, पर्सरीलागायतका नाकाबाट अवैध तरिकाले भारत पठाउन एसपी यादवको आदेशमा नेपाल र भारत दुबैतिरका तस्करहरुको प्रपञ्च मिलाउने गरिएको जानकारहरुको दाबी छ ।

भारतले बाहिरबाट आयात गर्न नमिल्ने भएकाले नेपालका लागि भनेर आयात गरिएको हरियो केराउ तस्करहरुले भारततर्फ निकासी गर्ने गरेका छन् ।

त्यसमा नेपाली अधिकारीहरुकै संलग्नता रहने गरेको समाचार यसअघि पनि आएका थिए । भारतीय तस्करसँग मिलेमतो गरी केराउको अवैध निकासीमा नवलपरासीका एसपीसमेत पटक पटक मुछिएका हुन् ।

प्रहरी निरीक्षक इञ्चार्ज रहने बर्दघाट चौकीका प्रमुखको सक्रियतामा बर्दघाटभित्र दक्षिणी नाकाबाट ठूलो मात्रामा प्राकृतिक स्रोतसाधन (गिटी बालुवा) लगायत विभिन्न वस्तुहरुको ठूलो परिमाणमा ओसारपसार भइरहेको नाम उल्लेख नगर्ने सर्तमा प्रहरी स्रोतले नै बताएको छ ।

तर, सीमा नाकामा अवैध सामानको खुलेआम ओसारपसार हुँदा प्रहरी प्रशासन मौन रहनुले उक्त आरोपको पुष्टि भएको हो ।

नाकामा तस्करी मौलाउनुमा प्रमख जिल्ला अधिकारी धर्मेन्द्र कमार मिश्र र प्रहरी प्रमुखको सेटिङले काम गरेको बताइन्छ । नाकाका बर्दघाटलगायत नौवटा प्रहरी चौकीका इञ्चार्जहरुले हाकिमलाई लुरुलुरु तोकेअनुसारको महिनावारी रकम बुझाउने गरेको स्रोतको दाबी छ ।

जनआस्था साप्ताहिकमा खबर छ l



सम्बन्धित
Loading...