माओवादी केन्द्रले मनायो नवलपुरमा जनयुद्ध दिवश


 



नवलपुर –

२७ औं जनयुद्ध दिवश माओवादी केन्द्र नवलपुरले आ–आफ्नै पालिकामा मनाएको छ । पछिल्लो समय माओवादी केन्द्रले पालिकालाई सक्रिय र बनाएको छ । जिल्ला समिति हटाएर पालिका समितिलाई शक्तिशाली बनाएको हो ।




नवलपुरमा रहेका चार नगरपालिका र चार गाउँ पालिकामा छुट्टाछुट्टै कार्यक्रम गरेको छ । कावासोती नगरपालिकाले जिल्ला पार्टी कार्यलयमा सम्झने काम मात्र‌ै गर्यो भने यही पालिकाको १७ नं. वडामा पार्टी प्रवेश कार्यक्रम पनि गरेको थियो ।
त्यसैगरी मध्यविन्दु नगर समितिले भलिबल प्रतियोगिता नै आयोजना गरेको थियो । हुप्सेकोट गाउँपालिकामा खुल्ला रूपमा नै आमसभा गरि जनयुद्ध दिवश मनायो । त्यसैगरी देवचुली र गैडाकोट नगर समितिले पनि छुट्टाछुट्टै कार्यक्रम गरेको थियो ।

जिल्लामा रहेका विनयी त्रिवेणी, बुङ्दिकाली र बुलिङ्टार गाउँ पालिका समितिमा पनि छुट्टाछुट्टै रूपमा विभिन्न कार्यक्रम गरि २७ औं जनयुद्ध दिवश मनायो ।

२०५२ साल फागुन १ गतेबाट सुरू गरिएको जनयुद्धलाई स्मरण गरेर माओवादी घटकहरूले प्रत्येक फागुन १ गतेलाई जनयुद्ध दिवशको रूपमा मनाउँदै आएको छ ।

 

 



सम्बन्धित
Loading...