नवलपुरमा लागूऔषध सहित २ जना पक्राउ




नवलपुरमा लागूऔषध नाइट्राभेट सहित २ जना पक्राउ परेका छन् ।

कावासोती नगरपालिका-१६ चालिसकिलोबाट ३ सय ट्याब्लेट नियन्त्रित लागूऔषध नाइट्राभेट सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

 




पक्राउ पर्नेहरुमा नवलपरासी (पश्चिम) सरावल गाउँपालिका-६ बस्ने २२ वर्षीय  बिकेश तेली र पालिनन्दन गाउँपालिका-१ बस्ने १९ वर्षीय करन कुर्मी रहेका छन् ।

लु.७५ प ५८४५  नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) बाट खटिएको प्रहरीले

जाँच गर्नेक्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ ।

 

साथै उक्त लागूऔषध लिन आएका देवचुली नगरपालिका-१४ बस्ने २७ वर्षीय विशाल न्यौपानेलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

 



सम्बन्धित
Loading...