नवलपुरका पत्रकारलाई कानुन र भाषा सम्बन्धि दुई दिने तालिम

कावासोती । नेपाल पत्रकार महासंघ, नवलपुर शाखाको आयोजनामा नवलपुरका पत्रकारहरुलाई कानुन र भाषा सम्पादन सम्बन्धि दुई दिने तालिम भएको छ ।
कावासोती नगरपालिकाको सहयोगमा भएको तालिममा नवलपुरका पत्रकारहरुको सहभागिता रहेको थियो ।
नेपाल पत्रकार महासंघ नवलपुर शाखाका अध्यक्ष बिरेन्द्र पराजुलीको अध्यक्षतामा भएको प्रशिक्षणमा कावासोती नगरपालिकाका उपप्रमुख प्रेमशंकर मर्दनियाको प्रमुख आतिथ्यता रहेको थियो ।
उपमेयर मर्दनियाले आफूले नगरपालिका भित्र वा बाहिर रहँदा पत्रकारहरुको लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।
प्रशिक्षण कार्यक्रममा पत्रकारिताको भाषामा अन्नपूर्ण पत्रिकाका सम्पादक अखण्ड भण्डारी प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश अध्यक्ष नारायण शर्मा, क्रान्तिकारी पत्रकार महासंघ केन्द्रीय उपाध्यक्ष रामकुमार श्रेष्ठ, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्यहरू विद्रोही गिरी, सागर पोख्रेल प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश सचिव अर्जुन अविरल, समाजवादी प्रेस गण्डकी प्रदेश सहसंयोजक खगेन्द्र पराजुली, प्रेस सेन्टर नवलपुर जिल्ला अध्यक्ष भूमिश्वर पौडेल, प्रेस चौतारी जिल्ला अध्यक्ष शालिकराम कोईराला, प्रेस युनियन जिल्ला उपाध्यक्ष श्रीधर उपाध्याय, फोनिज अध्यक्ष चन्दा गुरूङ्ग, क्रियाशिल पत्रकार महिला नवलपुरकी अध्यक्ष ज्ञानु पंगेनी लगायतले शुभकामना व्यक्त व्यक्त गरेका थिए ।
कार्यक्रमको सञ्चालन महासंघ नवलपुरका सचिव विष्णु गौडेलको सञ्चालनमा भएको थियो भने उद्घाटन कार्यक्रममा उपाध्यक्ष नविन पौडेलले स्वागत मन्तव्य राखेका थिए ।
