कावासोती अटो चालक ह;त्या प्रकरणः अदालतबाट म्याद थप गरी कतव्र्य ज्या’न मु’द्दामा अनुसन्धान


 



कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा अटो चालकलाई ह’त्या गरेको अभियोगमा पक्राउ परेका पृथ्वी भुजेललाई प्रहरीले क’र्तव्य ज्या’न अन्तरगत मुद्दा दायर गरी अनुसन्धान अगाडि बढाएको छ ।

गत माघ १७ तगे कावासोती १३ गैरी निवासी ५२ बर्षीय अटो चोलक माधव गिरीको शव घर देखि केही पर घोलमा पानीको दलदलेमा गाडेको अवस्थामा मृ’त फेला परेको थियो ।

 




उनको ह-त्या घटनामा मुख्य अभियुक्त मानिएका भुजेल विरुद्ध कर्तव्य जान मु’द्दामा मुद्दा दायर गरी नवलपुर जिल्ला अदालतबाट थप अनुसन्धानका लागि म्याद थप गरी अनुसन्धन अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक सागर पन्तले बताए ।

भुजेललाई प्रहरीले भारतबाट प’क्राउ गरेको थियो । प्रहरी स्रोतका अनुसार ह-त्या भएको दिन घटना हुनु अगाडि दुवै जना सँगै बसेर मदिरा समेत सेवन गरेका थिए ।

ह-त्या भएपछि फरार भएका भुजेललाई भारतबाट पक्राउ गरेर झापाबाट नवलपुर ल्याइएको हो ।

कावासोती नगरपालिका वडा नम्बर १३ गैरी गाउँका ती अटो चालकको हत्या गरेर घोलको हिलोमा पातले छोपिएको अवस्थामा शव भेटिएको थियो ।

ती अटो चालकको आफ्नै घरबाट करिब ८ सयमिटर उत्तरमा उनको श-व अघिल्लो मंगलबार बिहान भेटिएको थियो। प्रहरीले तालिम प्राप्त कुकुर प्रयोग गरी अनुसन्धान गरेको थियो ।

घटना भएकै दिनदेखि फरार रहेका भुजेललाई प्रहरीले निरन्तर खोजी गरिरहेको थियो ।

गत १८ गते बिहान गाउँमा दुध छोड्न हिँडेका व्यक्तिले बाटोमा अटो पल्टिएको देखेपछि गाउँमा खबर पुगेको थियो र प्रहरीलाई जानकारी गराइएको हो ।

 

 

त्यतिखेर घटनास्थल वरपर सिक्री, २ थान मोबाइल र जुत्ता फेला परेको थियो । हत्या अभियोगमा यसअघि नै पक्राउ परेका भुजेलका आफन्तले घटनाको दिनमा भुलेज पनि सँगै रहेको बयान दिएको प्रहरी श्रोतको भनाइ छ ।

घटनास्थलमा फेला परेको मोबाइलको आधारमा अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

श-व पानीमा गाडेपछि हत्यारा पत्ता लगाउन कठिन हुने मनसायले त्यसो गरेको हुन सक्ने प्रहरीको भनाइ छ । स्थानीयका अनुसार भुजेल जीविकोपार्जनका लागि ज्याला मजदुरी गर्छन ।

 

 



सम्बन्धित
Loading...