दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान् र छोरी घाइते

चितवन । मुग्लिन-नारायणगढ सडकखण्डमा आज ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा भरतपुर महानगरपालिका-१८ भुवनबस्तीकी ३१ वर्षीया अम्बिसा गुरुङ रहेकी छन् ।
उनका श्रीमान् ३५ वर्षीय मीनराज र छोरी ९ वर्षीया खुश्बु घाइते भएका छन् ।
प्रहरीका अनुसार मुग्लिनबाट नारायणगढ आउँदै गरेको ना ७ ख ८१४१ नम्बरको तेल बोक्ने ट्याङ्करले नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ना ३२ प ८२४८ नम्बरको मोटरसाइकललाई जलबिरेमा ठक्कर दिएको थियो ।
अम्बिसाको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो । घाइते दुईजनाको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
https://www.youtube.com/watch?v=ocEiPthDUVM&t=1s