अग्नि पिडित भुसाललाई दाबी भुक्तान




राम अवतार चाैधरी –
कपिलवस्तु,

कपिलवस्तुका अग्नि पिडित विष्णु भुसाललाई सिद्घार्थ इन्स्योरेन्स लिमिटेडले दाबी भुक्तानी गरेकाे छ । पिडित भुसाललाई ग्लाेबल आई. एम. ई. बैंकबाट आइ.पिए.स. मार्फत भुक्तानी गरिएको इन्स्योरेन्स चन्द्राैटा शाखाका प्रबन्धक मुलचन्द यादवले बताए ।

 




चन्द्राैटा फिक्स शपका सञ्चालक विष्णु भुसाललाई गत माघ २८ गते शुक्रबार रु. ९ लाख ५० हजार रुपैयाँ दाबी भुक्तानी गरिएकाे उनले जनाए । सञ्चालक भुसालले जाेखिम बहन गर्न शप पसलकाे सुरक्षाको लागि १३ लाख रकम बराबरको बिमा गरेका थिए ।

 

गत कात्तिक २३ गते राति आगलागी हुँदा शिवराज नगरपालिका -५, चन्द्राैटामा रहेकाे चन्द्राैटा फिक्स शपमा आगलागी भएकाे थियो । साेही शपसँगै रहेकाे अर्को ल्यापटप हस्पिटलसमेत जलेर नष्ट भएकाे थियाे । दुबै पसलमा आगलागी हुँदा ९० लाख बराबरको क्षति भएकाे थियाे ।

 

आवासीय घर, अस्पताल, गोदाम, शोरुम, कलकारखाना, पसल आदि सम्पतिको रक्षाका लागि सम्पत्ति बीमा गर्न सकिने व्यवस्था छ ।

 

साेही अनुसार इन्स्याेरेन्स कम्पनीले बिना बाधा, अड्चन सजिलै बिमितलाई क्षति दाबी भुक्तानी प्राप्त गर्न सकिने यादवले बताए ।

 

यस बीमा लेखले अग्नीजन्य, हावाजन्य, पानीजन्य, भुमिजन्य, खस्ने वा भासिने, चट्याङ्जन्य, विस्फोटनजन्य, आकासीय सामग्रीजन्य धक्कादिएर, छोएर, लडेर वा लागेर हुने क्षति, स्वजलन, हुल दंगा तथा आतंकवाद जन्य क्षतिको रक्षा गर्ने प्रबन्धक यादवले जनाए ।

 



सम्बन्धित
Loading...