विजयनगरमा थाकस भवन र झुलुङ्गे पुलकाे शिलान्यास


राम अवतार चाैधरी- 
कपिलवस्तु, 



 

कपिलवस्तुकाे विजयनगर गाउँपालिकामा थारु कल्याणकारीणी सभाकाे भवन र झुलुङ्गे पुलकाे एकैसाथ शिलान्यास गरिएको छ । गाउँपालिकाकाे वडा नम्बर १ नेवलागञ्जमा थारु कल्याणकारीणी सभाकाे भवन र नाैडिहवा-गाेबरहवा जाेड्ने विशवा खाेलामा झाेलुङ्गे पुलकाे शिलान्यास गरिएको जनाइएको छ ।




गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापा, उपाध्यक्ष लक्ष्मी कुमारी चाैधरी र भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष अनिल थारुले साेमबार कल्याणकारीणी सभा भवनकाे संयुक्त रुपमा शिलान्यास गरेका हुन् भने पालिका अध्यक्ष थापा र उपाध्यक्ष चाैधरीले झुलुङ्गे पुलको शिलान्यास गरेका हुन् ।

थारु कल्याणकारीणी सभाकाे भवन रु. ८ लाखकाे लागतमा निर्माण हुन लागेको भवन निर्माण उपभाेक्ता समितिका अध्यक्ष अनिल थारुले जानकारी दिए । कल्याणकारीणी सभाकाे भवन गाउँपालिकाकाे सहयाेगमा भवन निर्माण कार्य सुरु गरिएको उनले बताए ।

यस्तै नाैडिहवा- गाेबरहवाकाे विशवा खाेलामा केन्द्र सरकारकाे सहयाेग र गाउँपालिकाकाे साझेदारीमा झुलुङ्गे पुल रू.८० लाखकाे लागतमा निर्माण हुन लागेको निर्माण उपभोक्ता समितिकी अध्यक्ष प्रदेशनी थारुले जानकारी दिइन् । उनले आगामी असार मसान्त सम्म पुलकाे सम्पूर्ण निर्माण कार्य सम्पन्न गरिने बताइन् ।

 

शिलान्यास कार्यक्रमलाई सम्बाेधन गर्दै गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापाले वडा नम्बर १ का नागरिकले पालिकाकै सबैभन्दा बढी विकट क्षेत्रमा बस्दै आएकाे बताउँदै नेवलागञ्जकाे विशवा खाेलामा पक्की पुल र नाैडिहवा-गाेबरहवा जाेड्ने खाेलामा अब झुलुङ्गे पुल बनेपछि आवतजावत गर्न सहज हुने बताए । नेवलागञ्जकाे विशवा खाेलाकाे पुल निर्माणकाे कार्य अन्तिम चरणमा पुगेकाे जानकारीसमेत उनले दिए ।

आगामी दिनमा पनि भाैगाेलिक बनाेटका अनुसार र जनताका चाहना अनुसार बजेट विनियोजन गरिने अध्यक्ष थापाले बताए ।

विशवा खाेलामा पुल नहुँदा स्थानीयलाई वर्षातकाे याममा आवतजावत गर्न निकै समस्या हुँदै आएकाे थियाे । स्थानीयबासीले बर्सेनि ज्यान जाेखिम माेल्दै खाेला तर्दै आएका छन् । खाेलामा पुल बन्ने भएपछि स्थानीयबासी खुसी भएकाे समाजसेवी कृपाल थारुले बताए ।

 



सम्बन्धित
Loading...