नवलपुरमा लत्ताकपडा, घाँसको बिउ र चिनी बरामद

नवलपुर । पूर्वी नवलपरासीमा नवलपुर प्रहरीले विभिन्न स्थानबाट अवैध रुपमा ल्याएको लत्ताकपडा, घाँसको विउ र चिनी बरामद गरेको छ ।
नवलपरासी (पूर्व) विनयी त्रिवेणी गाउँपालिका १ दुम्किवास बजार स्थित पूर्व–पश्चिम राजमार्गमा इलाका प्रहरी कार्यालय दुम्किबासको टोलीले २४ बोरा कपडा, ट्रक सहित ट्रक चालकलाई समेत पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय दुम्किबासको प्रहरी निरीक्षक हिक्मत बहादुर थापाको कमाण्डमा खटीएको चेकिङ टोलीले पश्चिमबाट पूर्व तर्फ आउदैँ गरेको ना ६ ख ११४ नम्बरको ट्रकलाई चेक जाँच गर्ने क्रममा उक्त ट्रकमा बिना बिल भरपाई राजश्व छलि चोरी निकासी ल्याईएको २४ बोरा कपडा सहित ट्रकलाई नियन्त्रणमा लिइएको हो ।
प्रहरीले ट्रक चालक रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका २ बस्ने बर्ष ३२ को प्रकाश चौधरीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान थालिएको जनाएको छ ।
त्यसैगरी नवलपुर जिल्लाको कावासोती नगरपालिका १६ डण्डाबाट नवलपुर प्रहरीले भन्सार छली ल्याएको अवस्थामा प्रहरीले घाँसको विउ र चिनी बरामद गरेको छ ।
पश्चिमबाट पूर्व तर्फ आउदै गरेको पश्चिम नवलपरासीको रामग्राम नगरपालिका ७ बस्ने वर्ष ४२ को बृजमान उपाध्यायले चलाएको लु १ ज ३९०२ नं.को पिकअप बलेरोमा विभिन्न जातका घाँसको बिउ ५३ बोरी (प्रति बोरी ५० के.जि.) बराबद गरेको जनाएको छ ।
त्यसैगरी रामग्राम नगरपालिका १ बस्ने वर्ष ४० को पशुपती चमारले चलाएको लु १ क ४६० नं.को मिनी ट्रकमा चिनी १ सय बोरा चिनी (प्रति बोरी ५० के.जी.) र ३ पेटी रेडबुल, ५० बोरा चिउराको भुस नियन्त्रणमा लिएको जनाएको छ ।
प्रहरीले आवश्यक कारवाहीका लागि अनुसन्धान गरिरहेको जनाएको छ ।