आफ्नै नाबालिका छाेरी बलात्कार गर्ने १५ वर्षपछि पक्राउ


 

 



 

जिल्ला प्रहरी कार्यालयले आफ्नै नाबालिका छोरीलाई बलात्कार गरी फरार रहेका विनोद दुलाललाई पक्राउ गरेको छ ।

 




उनी गत माघ २८ गते १५ वर्षपछि साँगाचोक बजारबाट पक्राउ परेका हुन् ।

 

प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतका अनुसार २०६३ साल वैशाख १९ गते साविक ठूलो सिरुवारी-१, हाल चौतारा साँगाचोकगढी नगरपालिका–१३ स्थित सल्लाघारी जङ्गलमा नाबालिका छोरीलाई बलात्कार गरी दुलाल फरार भएका थिए ।

 

जिल्ला अदालतको सोमबारको आदेशले पुर्पक्षको लागि उनीलाई जिल्ला कारागार चौतारा चलान गरिएको प्रहरीले जनाएको छ ।



सम्बन्धित
Loading...