सुनको भाउ १६ सयले घट्यो, चाँदीको कति?


 



नेपाली बजारमा आज (बुधबार) सुनको भाउ घटेको छ ।

 




नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार तोलामा एक हजार ६ सय रुपैयाँ मूल्य घटेको छ ।

 

बुधबार छापावाल सुन तोलाको ९५ हजार एक सय रुपैँयाँ कायम भएको छ ।

 

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन तोलाको ९६ हजार सात सय रुपैँयामा कारोबार भएको थियो ।

 

यसैगरी, बुधबार तेजाबी सुन तोलाको ९४ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ ।

 

चाँदीको मूल्य पनि तोलमा ३५ रुपैँयाले घटेको छ ।

 

मंलबार एक हजार तीन सय २० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार एक हजार दुई सय ८५ रुपैयाँ निर्धारण भएको छ ।

 



सम्बन्धित
Loading...