पाल्पामा मोटरसाइकल दुर्घटना एक जनाको मृत्यु, एक जना घाइते


सांकेतिक तस्वीर


पाल्पाको रामपुर नगरपालिका–४ स्लामपुरमा बुधबार राति मोटरसाइकल हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।

प्रदेश ३ –०२–००८ प २९८५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल पछाडी सवार रहेका पाल्पा–४ भिमसेन टोलका ४२ बर्षीय प्रेम बहादुर सार्कीको मृत्यु भएको हो ।




मोटरसाइकल नियन्त्रण गुमाएर पल्टिँदा गम्भीर घाइते भएका उनको उपचारको क्रममा रामपुर अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ ।

घाइते भएका चालक पाल्पा–५ बेझाडका ३५ बर्षीय जिवन श्रेष्ठलाई भने उपचारको लागी लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा पठाइएको छ ।



सम्बन्धित
Loading...