सासूको ह’त्या आरोपमा बुहारी पक्राउ, बुवाको ह’त्या आरोपमा २ छोरा पक्राउ




सासुको ह’त्या गरेको ओरोपमा दाङमा प्रहरीले बुहारीलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घोराही उपमहानगरपालिका-१९ खानिगाउँकी ५५ वर्षीय इन्द्रकुमारी घर्तीको हत्या गरेको आरोपमा बुहारी २३ वर्षीय बसन्ती घर्ती र सोही ठाउँकी २२ वर्षीय दुर्गा घर्तीलाई पक्राउ गरेको हो ।




बुधबार छिमेकीको घरमा न्वारानमा सहभागी भएकी इन्द्राकुमारी राति अबेरसम्म नफर्केपछि खोजी गर्दै जाँदा बिहीबार घर नजिकैको खोल्सामा उनको शव रगताम्य अवस्थामा भेटिएको थियो ।

घरायसी विवादका क्रममा बुहारी बसन्तीले काठको मुङ्ग्रोले प्रहार गर्दा सासू अचेत भएको र छिमेकी दुर्गा घर्तीको सहयोगमा बारीको ढिकबाट खोल्सामा खसालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

त्यसैगरी काठमाडौंको कीर्तिपुर नगरपालिका–६ पाण्डेछापका दुई जना आफ्नै बुवाको हत्या आरोपमा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मृतकका माहिलो छोरा ४५ वर्षीय शंकर महर्जन र ४० वर्षीय कान्छो छोरा कृष्ण महर्जन रहेका छन् ।

 

उनीहरुले आफ्नो बुवालाई बिहीबार साँझ साढे ५ बजे प्रेसर कुकर र लोहोरोले टाउकोमा हानेर हत्या गरेको कीर्तिपुर प्रहरीले जनाएको छ ।

उनीहरुमाथि ज्यान सम्बन्धी कसूरमा प्रहरी वृत्त कीर्तिपुरबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



सम्बन्धित
Loading...