एमाले हुप्सेकोटको पार्टी कार्यालय स्थापना




प्रिय धन , हुप्सेकोट –
नेकपा एमाले हुप्सेकोट गाउँ कमिटीले पार्टी कार्यालय सञ्चालनमा ल्याउने भएको छ ।

हुप्सेकोट गाउँपालिकाको ३ गिरुवारी स्थित तारा बहादुर कार्कीको घरमा फागुन ७ गते पार्टी कार्यालय स्थापना गर्न लागिएको नेकपा एमाले हुप्सेकोट गाउँकमिटीका अध्यक्ष चेतन रानाले जानकारी दिए ।




पार्टी कार्यालयको एमाले केन्द्रिय सदस्य तिलक महतले उदघाटन गर्ने कार्यक्रम तय भएको हुप्सेकोट गाउँकमिटी सचिव मदन थापाले बताए ।

साथै सोही भवनमा अनेम संघ हुप्सेकोट, अनेरास्ववियु हुप्सेकोट , वडा नम्वर ३ को वडा कमिटी कार्यालय र राष्ट्रिय युवा संघ नेपाल हुप्सेकोट गाउँकमिटीको कार्यालय रहने नेकपा एमाले हुप्सेकोट गाउँकमिटीका सचिव मदन थापाले जानकारी दिए।

 



सम्बन्धित
Loading...