ट्याक्टरबाट खसेर एक युवकको मृत्यु, स्थानीयद्वारा सडक अवरुद्ध




मकवानपुरको शिखरकटेरीमा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ ।

 

मकवानपुरगढी गाउँपालिका वडा नम्बर–२ शिखरकटेरीमा गुडिरहेको ट्याक्टरबाट खसेर एक युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

 




शुक्रबार राति कान्तिलोकपथ अन्तर्गत पर्ने शिखरकटेरीमा अन टेष्ट ट्याक्टरबाट खसेर मकवानपुरगढी–२ का २१ वर्षीय सुशील विकको मृत्यु भएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

आफू चढेको ट्याक्टरबाट खसेका विकलाई सोही ट्याक्टरले किच्दा उनको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीले ट्याक्टर नियन्त्रणमा लिए पनि चालको भने फरार रहेको प्रहरी नायव उपरीक्षक रिमालले बताए ।

 

फरार चालकको खोजी कार्य भइरहेको उनको भनाई छ । घटनाको विरोधमा अहिले स्थानीयले लोकपथ अवरुद्ध गरेका छन् । सम्भावित घटनालाई मध्यनजर गरेर घटनास्थलमा ठुलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ ।



सम्बन्धित
Loading...