नवलपुरको इन्द्र श्री निर्माण सेवाका कर्मचारी सुतिरहेकै अवस्थामा मृत फेला

नवलपुर । पूर्वी नवलपरासीमा एक जना मजदुर सुतिरहेकै अवस्थामा मृत फेला परेका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार पूर्वी नवलपरासीको गैडाकोट नगरपालिका गरपालिका १४ मा रहेको ईन्द्र श्री निर्माण सेवा प्रा.लि.मा काम गर्ने कामदार बर्ष ५२ को मोतिलाल बुढा मगर मृत भेटिएका हुन् ।
प्युठान नौबैनी गाउँपालिका ३ घर भई हाल पूर्वी नवलपरासीको गैडाकोट नगरपालिका १४ सिमल टाँडी निवासी मगर खाना खाई कम्पनीको त्रिपालको टेसाथीहरु सँगै सुतेकोमा आज बिहान साढे ६ बजेतिर मृत फेला परेका हुन् ।
उनको शव कानुनी प्रकृया पुरा गरि भरतपुर सरकारी अस्पताल, चितवनमा पोष्टमार्टम गरी आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।
https://www.youtube.com/watch?v=oT-J8cfUMaM
कावासाेती खरकट्टा जंगलमा बस दुर्घटनामा परी घाईते भएका ३४ जना घाईतेहरूकाे विवरण