श्रीमानको ह’त्या गरी प्रेमिकासँग फरार, एक साता पछि प्रेमीप्रेमिका पक्राउ




दाङ– श्रीमानको हत्या गरी प्रेमिकासँग फरार भएका एक जोडीलाई प्रहरीले एक साता पछि पक्राउ गरेको छ ।

दाङमा श्रीमानको हत्या गरेको आरोपमा श्रीमती र प्रेमी पक्राउ परेका छन् ।




राप्ती गाउँपालिका–३ वसन्तपुरकी ५० वर्षीया उमादेवो चौधरी र गढवा गाउँपालिका–३ मसुरियाका ५२ वर्षीय हनुमान चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

चौधरीले श्रीमान् ५४ वर्षीय लप्टेन चौधरी फागुन १ गते घरबाट हिँडेपछि सम्पर्कमा नआएको भन्दै खोजतलासका लागि फागुन ५ गते प्रहरीमा जाहेरी दिएकी थिइन् ।

प्रहरीले फागुन ५ गते गढवा गाउँपालिका–२ कोठरीको राप्ती नदीमा चौधरीको शव फेला पारेको थियो ।

घटना शङ्कास्पद देखिएपछि प्रहरीले उमादेवीलाई सोधपुछ गर्दा मसुरियाका हनुमान चौधरीसँग अवैध प्रेम सम्बन्ध रहेको भन्दै श्रीमान्ले बेइज्जत गरेकाले हत्या गरेको स्वीकारेको प्रहरीले जनाएको छ ।

हनुमानले माघ २९ गते राति लप्टेनको घरमा आएर उनलाई मुड्कीले हानेर घाँटी च्यापेर हत्या गरेको र शरीर राप्ती नदीमा फालेको प्रहरीका अनुसन्धानबाट खुलेको छ ।



सम्बन्धित
Loading...