कावासोतीमा आफ्नै घरको छतबाट खसेर बालक गम्भीर घाइते

कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा घरको छतबाट लडेर एक जना बालक गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार कावासोती नगरपालिका ३ निवासी कृष्ण तिमिल्सिनाको छोरा १६ महिनाको प्रिन्स तिमिल्सिना आफ्नै घरको छतबाट खसि घाईते भएका हुन् ।

बालकको नयाँ मेडिकल कलेज, चितवनमा उपचार भईरहेको छ ।
बालकको टाउकोमा चोड लागेको र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।