एमसीसीविरुद्ध सर्वाेच्च अदालतमा रिट

आइतबार प्रतिनिधिसभामा पेश भएको एमसीसीविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ ।
यद्यपि, रिट दर्ता हुन भने बाँकी छ । रिट अध्ययनकै क्रममा रहेको र यसबारे भोलि निर्णय हुने सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए ।
सोमबार वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले सर्वोच्चमा रिट दायर निवेदन दिएका हुन् ।
एमसीसीका कतिपय प्रावधान नेपालको सार्वभौमिकताविरुद्ध रहेको अधिवक्ता भण्डारीको भनाइ छ ।
संसदमा एमसीसी पेश भएको बेला सर्वोच्चमा एमसीसी विरुद्ध रिट पर्नुलाई निक्कै महत्वको साथ हेरिएको छ ।