पहिरोमा पुरिएर एकको मृत्यु, दुईजना घाइते

बडिगाड गाउँपालिका–७ मा सडक खन्ने क्रममा आज विहान सुक्खा पहिरो जाँदा पुरिएर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बडिगाड गाउँपालिका–७ का गोपीराम विक रहेको प्रहरीले जनाएको छ ।

इदिखोलादेखि गोठान जोड्ने मोटरबाटो खन्दै गरेको दृश्य हेर्न गएका विकको सडक माथिबाट खसेको सुक्खा पहिरोले परिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विराट पौडेलले जानकारी दिए ।

पहिरोमा परेर स्थानीयवासी कृष्ण विक र दुर्गा विक सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

बडिगाड गाउँपालिका–७ मा सडक खन्ने क्रममा आज विहान सुक्खा पहिरो जाँदा पुरिएर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बडिगाड गाउँपालिका–७ का गोपीराम विक रहेको प्रहरीले जनाएको छ ।

इदिखोलादेखि गोठान जोड्ने मोटरबाटो खन्दै गरेको दृश्य हेर्न गएका विकको सडक माथिबाट खसेको सुक्खा पहिरोले परिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विराट पौडेलले जानकारी दिए ।

सम्बन्धित
Loading...